Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सभामुख, उपसभामुख र समिति सभापतिको पद रिक्त भए १५ दिनभित्रै निर्वाचन


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, फाल्गुन ११ २०७९
  • 2.1K
    SHARES

काठमाडौँ । सभामुख, उपसभामुख र संसदीय समितिका सभापतिको पद रिक्त भए १५ भित्रै निर्वाचन गर्नुपर्ने भएको छ । विगतको अनुभवका
प्रतिनिधिसभा नियमावली २०७९ मा यसलाई बाध्यकारी बनाइएको हो ।

६ माघ २०७६ मा तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाम्फेले राजीनामा दिएपछि खाली भएको पदमा ३१ असार २०७९ मा निर्वाचन भएको थियो । अर्थात्, उपसभामुख पद लामो समयसम्म प्रतिनिधिसभाले निर्वाचित नगरेको नजिरलाई हेरेर यसपटक १५ दिनभित्रै निर्वाचन गर्नुपर्ने बाध्यकारी व्यवस्था राखिएको हो ।

सभामुख र उपसभामुखको निर्वाचन सम्बन्धी व्यवस्था नियम ७ मा छ । सभामुखको पद कुनै कारणले रिक्त भएमा उपसभामुखले उपनियम ९१० बमोजिम पन्ध्र दिनभित्र निर्वाचन हुने गरी सभामुख पदको निर्वाचनको दिन र समय तोक्नेछ’ नियम १५ को उपनियम ९ मा उल्लेख छ । उपसभामुखको पद रिक्त भएको अवस्था भए रिक्त भएको १५ दिनभित्र प्रतिनिधिसभाको ज्येष्ठ सदस्यले निर्वाचनको मिति तय गर्ने भनी किटान गरिएको छ ।

संसदीय विषयगत समितिको हकमा पनि १५ दिने समयसीमा राखिएको छ । ‘समिति (संसदीय विषयगत समिति) सभापतिको पद रिक्त हुन आएमा रिक्त भएको मितिले पन्ध्र दिनभित्र निर्वाचन गरिसक्नु पर्नेछ’ नियमावलीको नियम १७७ (५) मा उल्लेख छ ।

अघिल्लो कार्यकालमा राज्य व्यवस्था तथा सुशासन समितिका तत्कालीन सभापति शशी श्रेष्ठ २२ गते असोज २०७८ मा मन्त्री भएकी थिइन् । त्यसपछि उक्त समितिको सभापति नै चयन नभई प्रतिनिधिसभाको कार्यकाल सकिएको थियो । त्यसरी समिति सभापतिको चयन नै नहुने अवस्था राख्न नहुने भन्दै यसपटक १५ दिनभित्र निर्वाचन गरिसक्नुपर्ने व्यवस्था राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४