Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पशुपतिनाथमा आद्य शङ्कराचार्य मन्दिर उद्घाटन


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, फाल्गुन ७ २०७९
  • 2.7K
    SHARES

काठमाडौँ । जगान्नाथपुरीस्थित गोवद्र्धन मठका शङ्कराचार्य निश्चलानन्द सरस्वतीले पशुपतिनाथ मूल मन्दिरअघि रहेको आद्य शङ्कराचार्यको मन्दिर उद्घाटन गरेका छन् । वि.सं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त मन्दिर केही समयअघि पुनःनिर्माण भएको थियो । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले हिमवतखण्डको नेपाल सुरक्षित भएपछि नै भारत पनि सुरक्षित हुने र वैदिक सनातन दर्शनले नै यो क्षेत्रको सुरक्षा कवचका रुपमा काम गर्ने बताए ।

शङ्कराचार्य मठका पीठाधीश डा रमणानन्द गिरी, गुरुकुल परिषद्का अध्यक्षसमेत रहेका सन्त डा.केशवानन्द गिरीलगायतले आद्य शङ्कराचार्य आएर बसेकैले यो मठलाई शङ्कराचार्य मठ नामकरण गरिएको र यहाँको भ्रमण गरेकैले पशुपति क्षेत्रको महत्व विश्वमै बढेको बताए । वैदिक सनातनी परम्परामा आद्य शङ्कराचार्यलाई भगवान् शिवको अवतारका रुपमा लिइन्छ । आद्य शङ्कराचार्यले नै सनातन धर्म, संस्कृतिको रक्षाका लागि भारत वर्षका चार कुनामा चार मठ स्थापना गरेका थिए । ती मठ अहिले पनि आद्य उनले नै बनाएको नियमअनुसार सञ्चालन भइरहेको छ ।

आद्य शङ्कराचार्य २८–३० वर्षको उमेरमा नेपाल आएका थिए । इसापूर्व ४७८ मा उनी नेपाल आउँदा लिच्छवि राजा शिवदेवले शासन गरेको विश्वास गरिन्छ । शङ्कराचार्य नेपाल आएकोे समाचारले समस्त सनातन धर्मावलम्बीको हृदयमा उत्साहको सञ्चार भएको र दर्शन गर्न मानिसको ठूलो भीड लागेको थियो । शङ्कराचार्य आफैँले पशुपतिनाथ मन्दिरको प्राङ्गणमा बसेर सबैलाई धर्मोपदेश गर्थे ।

आचार्यद्वारा गरिएको मधुर शास्त्रीय व्याख्या सुनेर श्रोताको हृदय आनन्दले गद्गद् हुन्थ्यो । यसरी नेपालमा हिन्दू धर्ममा नवजागरण देखिन थाल्यो । आचार्यका शिष्यले सहरमा घुमीघुमी धर्म उपदेश गर्न थाले । यहाँका ब्राह्मणलाई उनीहरूले नित्य नैमित्तिक कर्म–अग्निहोत्र, पञ्च देवताको पूजा र पञ्च महायज्ञको शिक्षा दिन थाले । साधारण जनताको अनुरोधमा वेद पारङ्गत ब्राह्मणले विभिन्न स्थानमा गएर वर्णाश्रम धर्मको प्रचार र वैदिक धर्मको अनुष्ठान गर्न थाले । आद्य शङ्कराचार्य आएर बसेकाले यहाँ मन्दिर र मठ स्थापना गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४