Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भारत भ्रमणमा किन जाँदैछन् रक्षामन्त्री उप्रेती ?


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, माघ २९ २०७९
  • 3.5K
    SHARES

काठमाडौं । भारतको बैंग्लोरमा हुन लागेको ‘एयर एक्जिविसन’मा नेपालका रक्षामन्त्री हरिप्रसाद उप्रेती आफैं सहभागी हुने भएका छन् । ‘एरो इण्डिया–२०२३’ मा सहभागी हुन उप्रेतीसहितको टोलीले आइतबार भारततर्फ प्रस्थान गर्ने तयारी गरेको छ ।

रक्षा मन्त्रालयका प्रवक्ता सह–सचिव प्रकाश पौडेलले भारतका रक्षामन्त्री राजनाथ सिंहको निमन्त्रणमा उप्रेतीसहितको टोलीले भारत भ्रमण गर्न लागेको जन प्रहारलाई बताएका छन् ।

बैंग्लौरस्थित सैनिक हवाई अड्डामा ‘एरो इण्डिया २०२३’ आयोजना गरेर भारतले हवाई प्रतिरक्षा क्षमता प्रदर्शन गर्दैछ । सोमबारदेखि पाँच दिनसम्म हुने कार्यक्रममा अन्य मुलुकका हवाई प्रतिरक्षाका अधिकारी, रक्षा मन्त्रालयका कर्मचारी, उड्डयान सामग्री उत्पादन कम्पनी, प्रविधिविज्ञहरु सहभागी हुँदैछन् ।

तर, नेपालबाट चाहिँ रक्षामन्त्री उप्रेती स्वयम् उपस्थित हुन लागेका हुन् । जबकि, यसमा प्रधानसेनापति प्रभुराम शर्मा पनि सहभागी हुने छैनन् । रक्षामन्त्री आफैं भारत जाने भएपछि जंगीअड्डाले बलाधिकृत रथी सरोजप्रताप राणालाई पठाउने निर्णय गरेको छ । राणा प्रधानसेनापतिपछि दोस्रो वरियताका सैन्य अधिकारी हुन् ।

एसियाको सबैभन्दा ठूलो हवाई प्रदर्शनी भनिँदै आएको यो कार्यक्रम १९९६ बाट हुँदै आएको छ । त्यसयता १३ औं संस्करणसम्म यो कार्यक्रम भइसकेको छ । तर, कुनै पनि कार्यक्रममा नेपालका प्रधानसेनापति सहभागी नभएको उच्च सैनिक स्रोतले जन प्रहारलाई बतायो ।

‘यसअघिका संस्करणमा सैनिक हवाई निर्देशनालयबाट टोली जाने गरेको थियो, कहिले काहीँ विजनेससँग सम्बन्धित भए सम्भार रथीलाई पनि पठाइने गरिएको थियो’, स्रोतले भन्यो, ‘एकपटक सम्भार रथी र रक्षासचिव सहभागी भएको जानकारी छ ।’

मन्त्रालयका प्रवक्ता पौडेलले चाहिँ धेरै देशका मन्त्रीहरुको भ्रमण हुने आफूले सुनेको बताउँदै निमन्त्रणमा पनि त्यही अनुसार भएको बताए । ‘निमन्त्रणा देख्ने कुरा त भएन, तर सेना प्रमुखहरुलाई पनि बोलाएको हुन्छ रे’, उनले भने ।

रक्षा मन्त्रालयले मन्त्रीहरुबीच सोही अवसरमा साइड लाइन छलफल पनि हुने जनाएको छ । तर, अन्य कुन कुन देशका रक्षामन्त्रीलाई कार्यक्रममा सहभागी हुन्छन् भन्ने खुलेको छैन । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गर्ने कार्यक्रममा ६९९ भारतीय र ११० विदेशी प्रदर्शकहरु उपस्थित हुने भनिएको छ ।

प्रदर्शनी अन्तरगत सोमबार एरोस्पेश र सैन्य सामग्री उत्पादक कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरुबीच राउण्ड टेबल छलफल हुनेछ । छलफल ‘आकाश सीमा होइन : सीमाहरु बाहिरका अवसरहरु’ शीर्षकमा हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४