Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

राष्ट्रपतिको सवारीबारे सञ्जालमा आलोचना : यस्तो त पञ्चायतकालमा राजा सवारी हुँदा पनि भएन !


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, माघ २८ २०७९
  • 4.9K
    SHARES

काठमाडौँ । राष्ट्रपतिको रूपमा दोस्रो कार्यकाल पूरा गरेर शीतलनिवासबाट बाहिरिने तयारी हुँदै गर्दा राष्ट्रपति विद्यादेवी भण्डारी आलोचनाको निशानामा परेकी छिन् । आफ्नो सवारीको बेला आमजनताले दुःख नपाउन भन्ने कुरामा राष्ट्रपति सचेत नबन्दा यतिबेला समाजिक सञ्जाल र आमसञ्चार माध्यममा उनको आलोचना चुलिएको छ ।

शुक्रबार संघीय संसद्को दुवै सदनलाई सम्बोधनका लागि राष्ट्रपति भण्डारी नयाँ बानेश्वर आउने जाने क्रममा काठमाडौँ उपत्यकाको सवारी साधन प्रभावित भएको थियो भने वीर अस्पताल अगाडि प्रहरी र डाक्टरको झडप भएको थियो ।

वीर अस्पतालका एक डाक्टरमाथि प्रहरीले लाठी बर्साएपछि अस्पतालका अरू डाक्टर समेत सडकमा आएर प्रहरीसँग मुठभेड गर्दा सहरको मुटुको सवारी आवागमन अझै प्रभावित हुन पुगेको थियो । 

राष्ट्रपतिले सडक प्रयोग गर्दा नेपाल बन्द गरेको शैलीमा सडक पुरै सुनसान बनाएर सवारी गराउने चलन रहेको छ । २०६५ सालमा तत्कालीन राजा ज्ञानेन्द्र शाहले नारायणहिटी छाडेपछि स्थापना भएको नयाँ शक्तिकेन्द्र शीतल निवासबाट राष्ट्रपति सडकमा निस्कँदा पुरै सडक ठप्प पार्ने कामले निरन्तरता पाएको छ । 

शुक्रबार वीर अस्पताल अगाडि सडकमा राष्ट्रपतिको सवारीका बेला साइकलमा हिँडेका डाक्टर जनिथलाल सिंहलाई सवारीको बेला किन हिँडेको भनेर प्रहरीले कुटपिट गरेपछि घाइते भएका उनी अस्पतालमा भर्ना भएका छन् । सवारीको बेला चिकित्सक नै कुटिएपछि आमसमुदाय, पत्रपत्रिका, सामाजिक सञ्जालमा राष्ट्रपतिको सवारीलाई लिएर विरोध भइरहेको छ । 

राष्ट्रिय मानव अधिकार आयोगकी पूर्व सदस्य मोहना अन्सारीले राणाकालको अहिलेको अवस्थामा परिवर्तन नभएको भन्दै टिप्पणी गरेकी छिन् । उनले भनेकी छिन्–‘राष्ट्रपतिको सवारी हुँदा सुरक्षाकर्मीबाट डाक्टर कुटिन्छन्,  कारण उनी डिउटी सकेर घर जाँदै थिए । राणाकालमा सिंहदरबार अगाडीबाट जनता हिँड्न पाउँदैन थिए, माथिल्लो बाटो हिँड्नको लागि अनुमति चाहिन्थ्यो । सर्वसाधारण भुईँ–मुनिको बाटो मात्रै हिँड्न पाउँथे । रैती कुटिन्छन् ।’ 

325549425_1247084752544126_3356555452472557711_n

यस्तै ट्वीटर प्रयोगकर्ता मञ्जरी लेख्छिन्–‘गणतान्त्रिक मुलुकमा राष्ट्रपतिको सवारी हुँदा डाक्टर कुटिन्छन् । यति सम्म त पञ्चायतकालमा राजा सवारी हुँदा पनि भएन ।

326793665_1335207220388429_6609209960590354392_n

यस्तै अमित झा व्यङ्ग्य गर्दै राष्ट्रपतिको सवारी भएको बेला बिरामी मरे मरुन् भनेर डाक्टरले नमस्कार गरेर बस्नुपर्ने भन्दै टिप्पणी गरेका छन् । 

325974450_878148893400816_3880093252728984221_n

उनले लेखेको छन्–‘राष्ट्रपतिको सवारी छ भन्ने जान्दा जान्दै आकस्मिक सेवामा निस्कने स्वास्थ्यकर्मी नै उस्तै हुन्, बिरामी मरे मर्छन् नि छेउमा उभिएर राष्ट्रपतिजस्तो मान्छेलाई  नमस्कार गर्दे गइन्जेल कुर्नु पर्देन । टाउको मात्र फुटाएछन् धन्न ।’ 

यस्तै राम गुरुङले ट्वीटरमा लेखेका छन्–‘राष्ट्रपतिको सवारी हुँदा चिकित्सक माथि हातपात हुनु गलत हो । तर चिकित्सकले जसरी विशेष मान खोजे । त्यो झनै गलत हो । लोकतान्त्रिक मूल्य–मान्यता विरुद्धको अहमता हो । चिकित्सकको गणना अस्पताल भित्र हुने हो । बाहिर सबै समान हुन ।’

पत्रकार एवं कांग्रेसका नेता तारानाथ दाहाल राष्ट्रपतिको सवारीको बेला सुरक्षाकर्मीले अतिरिक्त भत्ता पनि पाउने व्यवस्था रहेको बताउँदै राजाको अवतार गराउने संस्कृति कहाँबाट फस्टाइरहेको छ भन्दै टिप्पणी गरेका छन् । 

उनले ट्वीटरमा भानेका छन्–‘अझ यस्तो सवारी चलाए बापत सुरक्षा निकायले अतिरिक्त भत्ता पाउँछ रे । शीतल निवास दरबन्दीको आकर्षक पक्ष यही हो कि । राष्ट्रपतिको ‘राजा अवतार’ गराउने संस्कृति कहाँबाट फस्टाउँदैछ भन्ने कुरा खोजी गर्नुपर्‍यो ।’ 

यस्तै ट्वीटर प्रयोगकर्ता अजय लामिछानेले पनि जनतालाई दुःख दिने भिआइपी संस्कृतिको विरोध गरेका छन् । 

325433027_537738561785971_7991533518561836823_n

उनले लेखेका छन्–‘प्रोटोकल, भिआइपी सुविधा, रातो बत्ती सवारी, तामझाम र तडकभडक, नहटाएसम्म के को समाजवाद ? के को लोकतन्त्र ? राष्ट्रपतिको संसद् भाषण अवधिभर ३ घण्टा सडक ठप्प भएछ,  जनतालाई दु:ख र सास्ती दिने भिआइपी कल्चर निन्दनीय छ,  ट्रमा सेन्टरका डाक्टर लाई हातपात गर्ने प्रशासन प्रति ।

यस्तै मधु अधिकारीले राष्ट्रपतिको सवारीलाई राजा महाराजाको जस्तो गरेर जनतालाई सास्ती दिने कार्य अविलम्ब बन्द गरियोस् भन्ने माग गरेका छन् । उनले भनेका छन्–‘जनतालाई दुख,सास्ती, र लाठीचार्ज नगरीकन पनि वैकल्पिक उपायबाट सवारी व्यवस्थित गर्न सकिन्छ, त्यसतर्फ ध्यान दिँउ, हिजो कै ठाँट, शैली, प्रवृत्तिले जनताले परिवर्तनको अनुभूति गर्न सकेका छैनन् ।

326589376_582790503864414_2751040380152144292_n

विष्णु प्रसाईले पनि राजाको पालामा र अहिले गणतन्त्रको बेलाको सवारीमा कनै फरक नभएको टिप्पणी गरेका छन् ।  

उनले लेखेका छन्–‘उहिले नै  राजाका पालामा पो सवारी चलेका बेला सडक छेउमा साइकल रोकेर नमस्कार गर्न पाईन्थ्यो । जनताले ल्याएको राष्ट्रपतिको सवारीमा साइकल देखाउने त्यो पनि डाक्टरले ? यसै त मदन कमरेडले साइकल चलाएर वाक्क ब्याक्क बनाएको नबिर्सेको बेला ।’ भन्दै व्यङ्ग्य गरेका छन् । 

यता व्यङ्ग्य कवि अर्जुन पराजुलीले भने व्यङ्ग्यात्मक कविता लेखेका छन् ।  उनले राष्ट्रपतिको सवारीको बेला बिरामी हुने को हो त्यो बिरामी ? राष्ट्रपतिको सवारी हिँड्ने बाटोमा हिँड्ने को हो त्यो डाक्टर ? भन्दै व्यङ्ग्य गरेका छन् । 

वीर अस्पताल अगाडि साइकलमा हिँडेका डाक्टर जनिथलाल सिंहलाई सवारीको बेला किन हिँडेको भनेर प्रहरीले कुटपिट गरेपछि उनी अस्पतालमा भर्ना भएका छन् । उनको समर्थनमा व्यङ्ग्य कवितामा उनले राष्ट्रपतिको सवारीका बेला बिरामी हुनु र डाक्टर बाटोमा हिँड्नु गल्ती भएको भन्दै कटाक्ष गरेका छन् । 

उनले सामाजिक सञ्जालमा लेखेको कविता यस्तो छ : 

राष्ट्रपतिको सवारी हिँड्ने बाटोमा हिँड्ने

को हो त्यो डाक्टर ?!

राष्ट्रपति सवारी हुने बेलामा बिरामी हुने

को हो त्यो बिरामी ?!

डाक्टर साहेब !

बिरामी चेक गर्न जानै थियो

एक–घण्टा पछि गएको भए के हुन्थ्यो ?!

बिरामी साहेब !

बिरामी हुने थियो

एक–घण्टा पछि भएको भए के हुन्थ्यो ?!

330077796_523495576344427_5955272937916264504_n

यता नेकपा एमालेका विष्णु रिजालले भने राष्ट्रपतिको सवारीमा क्रममा जनताले सास्ती पाएको, डाक्टरले कुटाई खाएको विषयमा बचाउ गरेका छन् । 

उनले लेखेका छन्–‘राष्ट्रपतिको आदेशले सडक बन्द गरे जस्तो प्रचारबाजी हुनु नियतवश छ । किनभने, शान्ति–सुरक्षा, प्रोटोकल जस्ता विषय विल्कुल सरकारले निर्धारण गर्छ, गृह मन्त्रालय तालुक मन्त्रालय हो । यसमा राष्ट्रपतिको अशिष्ट र व्यक्तिगत आलोचना होइन, सुधारका लागि सरकारलाई दबाब दिनुपर्छ ।

यता राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका प्रमुख सचेतक सांसद ज्ञानेन्द्र शाहीले आफ्नो सवारीका क्रममा डाक्टर कुटिएको र सर्वसाधारणले सास्ती पाएको विषयमा राष्ट्रपतिले माफी माग्नुपर्ने भन्दै विज्ञप्ति नै निकालेका छन् । 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४