Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रास्वपालाई गगनको प्रश्न : सरकार छाड्दै गर्दा समर्थन फिर्ता लिनुपर्दैन ?


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, माघ २५ २०७९
  • 2.5K
    SHARES

  • प्रश्न हामीलाई पनि छ, एमाले, रास्वपा र राप्रपालाई पनि छ

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारलाई विश्वासको मत किन दिएको भनेर आफूहरुलाई प्रश्न गर्न मिल्ने बताएका छन् ।

तर एमाले, राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई पनि यस्तै प्रश्न उठ्ने उनले बताए । बुधबार राजधानीमा आयोजित कार्यक्रममा कांग्रेस महामन्त्री थापाले भने, ‘हम करेतो रासलिला, तुम करे तो क्यारेक्टर ढिला !

पछिल्लो समय यस्तो प्रश्न गर्दा पन्छाउने वा व्यक्तिगत रुपमा लिन थालिएको भन्दै उनले चिन्ता व्यक्त गरेका छन् ।

  • अदालतको निन्दा किन ?

नेपाली कांग्रेस महामन्त्री थापाले नेकपा एमाले नेतृत्वमाथि अदालतको निन्दा किन भनेर प्रश्न गरेका छन् । अदालतको फैसला चित्त नबुझ्न सक्ने र त्यो निर्णयको पक्ष र विपक्षमा बहस छलफल हुनसक्ने बताएका छन्  । तर नेकपा एमाले नेतृत्वले पछिल्लो समय संसद र सार्वजनिक मञ्चहरुबाट अदालतको निन्दा गर्न थालेको भन्दै उनले भने, ‘स्वतन्त्र न्यायपालिकाबारे नेकपा एमाले नेतृत्वको मत के हो ? के अदालतले कार्यकारी वा राजनीतिक नेतृत्वको मनसाय बुझेर निर्णय गर्नुपर्ने हो ?’

  • सरकारमा किन गएको ? किन छाडेको ?

महामन्त्री थापाले अरु भन्दा भिन्न छौं भनेर आएको राष्ट्रिय स्वतन्त्र पार्टीले धेरैले सोचेभन्दा धेरै मत पाएको र यसले आफूलाई सच्चिन दबाव दिएको बताएका छन् ।

त शीर्ष नेताहरुविरुद्ध नो नट अगेन भनेर मत मागेको भन्दै यो दल किन सरकारमा गएको र किन छाडेको भनेर प्रश्न गरे । उनले सोधेका छन्, ‘सरकारमा किन गएको पनि बताउनु नपर्ने ? सरकारबाट किन बाहिरिएको पनि बनाउनु नपर्ने ?

सरकार छाड्दै गर्दा आफूहरुसँग भएको सहमति पालाना नभएको भनेको भन्दै उनले भने, ‘सहमति पालना नगरेको प्रधानमन्त्रीले होइन ? हो भने सबभन्दा रिसाउनुपर्ने प्रधानमन्त्रीसँग होइन ? अनि सरकार छाड्दै गर्दा समर्थन लिनुपर्ने होइन ?

‘हामीलाई किन समर्थन गरेको भने जस्तै समर्थन किन फिर्ता नलिएको भन्ने प्रश्न उठ्दैन ? कि राष्ट्रिय स्वतन्त्र पार्टीलाई चाहिँ प्रश्न सोध्न नमिल्ने हो ?

सञ्चार माध्यमहरुलाई लान्छित गर्ने रास्वपा सभापति रवि लामिछानेको अभिव्यक्तिप्रति लक्षित गर्दै उनले यसबारे धेरै प्रतिक्रिया दिन आवश्यक नभएको बताएका छन् । ‘हामी के ठान्छौं भने प्रेस सिस्टमको अभिन्न अंग हो, त्यहाँ समस्या पनि छ,’ महामन्त्री थापाले भने, ‘नेपालको प्रेसले पनि आफ्नो बारेमा प्रश्न गरोस् । तर प्रेसलाई ‘ब्ल्यांकेट डिस-क्रेडिट’ गर्यो भने लोकतन्त्रमै समस्या आउँछ ।

उनले अघि भने, ‘प्रेसलाई पनि डर हुनुहुन्न, हामीलाई पनि प्रेसको पनि डर हुनुहुन्न ।

  • राप्रपालाई पनि प्रश्न

महामन्त्री थापाले प्रदेश सरकारमा गएको विषयलाई लिएर राप्रपालाई पनि प्रश्न गरेका छन् । राजसंस्था फर्काउँछु भनेर जनतामा भोट मागेर आएको दलका सांसदहरुले यसबारे बोल्न नपाउने भन्ने आफूलाई नलागेको उनले बताएका छन् ।

तर प्रदेश खारेज गर्नुपर्छ राप्रपाका नेताहरु सभामुख र प्रदेश सरकारमा मन्त्री भएको भन्दै उनले भने, ‘प्रदेशमा ल्याएको कानुन पास गरौं प्रदेश बलियो हुन्छ । सभामुख भएर यो प्रदेशको संसद कसरी कमजोर बनाउने भनेर दिनरात सोच्नुपर्‍यो ।

उनले अघि भने, ‘मन्त्रीहरुले प्रदेश सरकारलाई कसरी असफल बनाउने भनेर सोच्नुपर्‍यो । प्रदेश सरकार सफल भयो भने त प्रदेश चाहिन्छ भन्ने हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४