Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

वकीलको कार्य चापका आधारमा दरबन्दी पुनः संरचना पुनरावलोकन गर्न महान्यायाधिवक्ता पोखरेलको माग


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, माघ २३ २०७९
  • 2.9K
    SHARES

काठमाडाैं । महान्यायाधिवक्ताको कार्यालयका महान्यायाधिवक्ता डा. दिनमणि पोखरेलले सरकारी वकीलले वकीलको कार्यचापका आधारमा दरबन्दी पुनःसंरचना पुनरावलोकन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई आग्रह गर्नुभएको छ ।

सोमबार महान्यायाधिवक्ताकाे कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले प्रधानमन्त्री दाहालले पनि वकीलको कार्यचापका आधारमा दरबन्दी पुनःसंरचना पुनरावलोकन गर्ने प्रतिवद्धता जनाएकोमा खुशी व्यक्त गर्नुभयो ।

उहाँले सरकारी वकीलको व्यवसायिक कार्य सम्पादनमा प्रवद्र्धन हुनेगरी नेपालको संविधानको धारा १६१ मा व्यवस्था गरिएको सरकारी वकील र महान्यायाधिवक्ताको कार्यालयअन्तर्गत रहने कर्मचारीहरुको लागि सेवा, सुविधा सम्बन्धी छुट्टै कानून बनाउन नेपाल सरकारले आवश्यक पहल गर्ने प्रधानमन्त्रीको भनाइले सरकारी वकीलहरुमा हौसला र उत्साह मिलेको बताउनुभयो ।

उहाँले सरकारी वकीलको सम्पर्क कार्यालयको रुपमा रहेको प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा सरकारी वकीलकको इकाइ र दरबन्दी कायम गर्न प्रधानमन्त्रीबाट आवश्यक्ता बोध हुनु खुशीको कुरा रहेको बताउनुभयो । देशैभर विद्युतीय कारोबार सम्बन्धी मुद्दाको क्षेत्राधिकार काठमाडौं जिल्ला अधिकारमा मात्रै सीमित रहेकोमा सबै जिल्ला अदालतमा विस्तार गर्न आवश्यक रहेको उहाँले बताउनुभयाे ।

यसका लागि नेपाल राजपत्रमा सूचना प्रकाशित गर्ने सन्दर्भमा कारबाही हुन कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयसँग महान्यायाधिवक्ताको कार्यालयबाट अनुरोध गरिएको महान्यायाधिवक्ता पोखरेलले बताउनुभएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४