Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सरकारबारे निर्णय गर्न रास्वपाको बैठक आज पनि बस्दै


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, माघ २२ २०७९
  • 2.1K
    SHARES

काठमाडौं । गृह मन्त्रालय नपाए सरकार छाड्ने चेतावनी दिंदै आएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बोलाइएको छ ।

संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठका अनुसार सरकारमा बस्ने कि नबस्ने भनेर आइतबार (आज) निर्णय हुनेछ । शनिबार राति पनि रास्वपाको बैठक बसेको थियो । तर बैठक अनिणिर्त भएपछि आइतबार पुनः बैठक बस्न लागेको हो ।

रास्वपाका नेताहरुले आजको बैठक लम्बिन सक्ने भन्दै यदि बैठक लम्बिए संसद बैठकमा नगइकन छलफल गरिने बताएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीको गत बिहीबार बसेको बैठकले गृहमन्त्रालय पाउनुपर्ने पार्टीको मागबारे निर्णय लिन प्रधानमन्त्री प्रचण्ड”लाई दुई दिनको अल्टिमेटम दिएको थियो । उक्त अल्टिमेटम शनिबार मध्यरातिबाट सकिएको छ ।

आफूले दिएको अल्टिमेटम सकिनु अघि रास्वपा सभापति रवि लामिछानेले प्रधानमन्त्री प्रचण्ड”लाई बालुवाटार पुगेर भेटेका थिए । प्रधानमन्त्री प्रचण्डले गृह बाहेक अन्य कुनै मन्त्रालय लिन प्रस्ताव गरेका थिए । तर लामिछानेले सरकार गठनको बेलामै गृह मन्त्रालय आफ्नो पार्टीको भागमा परेको भन्दै गृह नछाड्न आफूलाई पार्टीभित्रबाट दबाव रहेको बताएका थिए । नेकपा एमालेले पनि रास्वपालाई गृह मन्त्रालय नै दिन प्रधानमन्त्री प्रचण्डलाई दबाब दिंदै आएको छ ।

यसअघि रास्वपा सभापति लामिछानेले गृह नपाए सरकार छाड्ने चेतावनी दिए पनि उनका पार्टीका नेताहरुले भने मन्त्रालयकै कारण सरकार छाड्न नहुने बताउँदै आएका छन् । आफ्नो माग पूरा गर्न अधिकतम प्रयास गर्ने तर अहिले नै सरकार छाड्न नहुने रास्वपाका नेताहरुको मत छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४