Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भीम रावललाई शिक्षामन्त्रीको प्रश्न : मेरो निजी विद्यालय कुन रहेछ ?


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, माघ २१ २०७९
  • 2.1K
    SHARES

काठमाडौं । शिक्षामन्त्री शिशिर खनालले आफ्नो लगानी भएको निजी विद्यालय कुन हो त्यो बताइदिन नेकपा एमालेका नेता भीम रावललाई आग्रह गरेका छन् ।

शनिबार काठमाडौंमा रतन भण्डारीद्वारा लिखित पुस्तक नेपालको पहिलो महिलामन्त्री द्वारिकादेवी ठकुरानी विमोचन कार्यक्रममा बोल्दै एमाले नेता रावलले मन्त्रीहरुबारे टिप्पणी गरेका थिए ।

रावलले भनेका थिए, ‘आज मन्त्रीहरू हेरौं त । जसको वैदेशिक रोजगार कम्पनी छ, उसलाई श्रममन्त्री । जसको निजी स्कुल एकदम महँगो छ, ऊ शिक्षामन्त्री । जसलाई नागरिकताजस्तो अत्यन्त संवेदनशील राष्ट्रियतासँग सम्बन्धित छ निजलाई खोजीखोजी त्यहीं नागरिकता स्वच्छ बनाउन गृह मन्त्रालय …।

यसको जवाफ फर्काउँदै शिक्षामन्त्री खनालले आफ्नो लगानी भएको निजी विद्यालय देखाइदिन आग्रह गरेका हुन् ।

मेरो लगानी भएको निजी विद्यालय कुन रहेछ, म खोज्दै थिएँ , डा. लाई थाहा रहेछ । लौ न भनिदिनु पर्यो ! नाम, ठेगाना भए सजिलो हुन्थ्यो’ खनालले ट्वीट गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४