Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रवि सर्वोच्चको आदेशबाट पद गुमाउने तेस्रो गृहमन्त्री


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, माघ १४ २०७९
  • 1.6K
    SHARES

काठमाडौँ । रवि लामिछाने सर्वोच्च अदालतको आदेशबाट पद गुमाउने तेस्रो उपप्रधानमन्त्री तथा गृहमन्त्री बन्न पुगेका छन् ।

यसअघि रामबहादुर थापा ‘बादल’ र खगराज अधिकारी उपप्रधान तथा गृहमन्त्री रहेकै बेला सर्वोच्च अदालतको आदेशबाट पदमुक्त भएका थिए । संवैधानिक इजलासबाट नेपालको नागरिकता नै अवैध ठहर भएपछि उपप्रधानमन्त्री एवम् गृहमन्त्री रविले शुक्रबार मन्त्री पद गुमाएका छन् ।

केपी शर्मा ओली सरकारका उपप्रधानमन्त्री एवम् गृहमन्त्री थापा ‘बादल’ पनि अदालतको आदेशबाट पदमुक्त भएका थिए । तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमेशर राणाको इजलासले २०७८ जेठ ६ मा माओवादी छाडेर एमाले रोजेका उपप्रधानमन्त्री थापासहित सात जना मन्त्रीको नियुक्तिलाई अन्तरिम आदेश दिएर बदर गरेको थियो ।

उक्त आदेशबाट उपप्रधानमन्त्री एवम् गृहमन्त्री थापासहित उद्योग मन्त्री लेखराज भट्ट, ऊर्जा मन्त्री टोपबहादुर रायमाझी, सहरी विकास मन्त्री प्रभु साह, खानेपानी मन्त्री मणि थापा, श्रम मन्त्री गौरीशङ्कर चौधरी र युवा तथा खेलकुद मन्त्री दावा लामासमेतले पद गुमाउन पुगेका थिए ।

०७८ असार ८ गते दुई उपप्रधानमन्त्रीसहित १७ मन्त्री र तीन राज्यमन्त्रीले अदालतको आदेशमा मन्त्री पद गुमाएका थिए । तत्कालीन प्रधानमन्त्री ओलीले संसद् विघटन गरेसँगै मन्त्री नियुक्त गरेका २० जना एकै अन्तरिम आदेशबाट घर गए । जसमध्ये केहीले १३ दिन मात्र मन्त्री हुन पाए । यसरी खारेज हुनेमा तीन उपप्रधानमन्त्रीहरूमा गृहमन्त्री खगराज अधिकारी, सहरी विकास मन्त्री राजेन्द्र महतो र परराष्ट्र मन्त्री रघुवीर महासेठ थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४