Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रविमाथि सर्वोच्च फैसलापछिका तीन तरंग


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, माघ १३ २०७९
  • 3.6K
    SHARES

काठमाडौं । रवि लामिछानेले दुई महिनाअघिको आम चुनावमा दिएको नारा थियो – जान्नेलाई छान्ने । ६ महिनाअघि राष्ट्रिय स्वतन्त्र पार्टी खोलेर प्रत्यक्ष राजनीतिमा होमिने निर्णय गर्दैगर्दा उनले यो कुरा जानेनन्– नेपालमा राजनीति वा कुनै पनि खालको सार्वजनिक जीवनयापन गर्न नेपाली नागरिक भएको हुनुपर्छ ।

रविको नारा आम मतदाताले छिटोगरी टिपे । चितवन २ बाट उनले अघिल्लो संसदका ‘जान्ने’ सांसद कृष्णभक्त पोखरेललाई फराकिलो अन्तरले हराए पनि । तर विधिको शासनलाई उनले गरेको आधारभूत उपेक्षालाई सर्वोच्च न्यायालयले लगाम लगाइदिएको छ ।

विडम्बना, नेपालको कानुन उल्लंघन गर्दै उनले चुनावी प्रक्रियामा सामेल भए । सांसद र कानुन पालनाको तालुकदार मन्त्रालयको प्रमुख अर्थात गृहमन्त्री नै बन्न पुगे । उनको यो ‘मेटियोरिक राइज’ आजको फैसलाले ‘स्टिप फल’ मा रुपान्तरण गरिदिएको छ ।

तर यो उनको स्थायी राजनीतिक बिराम भने होइन । उनीप्रति नेपालको न्यायालय केही उदारमना भएको देखिन्छ । चाहे भने उनी तत्कालै नेपाली नागरिकताको प्रमाणपत्र लिन सक्छन् । अब हुने चितवन २ को उपनिर्वाचनमा उनी फेरि सामेल हुन सक्छन् ।

यसका केही तात्कालिक तरंग भने उत्पन्न भएका छन् ।

पहिलो, नैतिक प्रश्न । उनको मन्त्री, सांसद तथा पार्टी सभापति पद गुमेसँगै कानुनी प्रक्रियाबाट पुनःप्राप्ति त होला । तर उनीमाथि ठूलो नैतिक प्रश्न उत्पन्न हुने छ । आफूमाथि उठेका प्रश्नसँगै बाझिएको स्वार्थको द्वन्द्व व्यवस्थापन नगरी गृह मन्त्रालय सम्हाल्ने उनको आँट पक्कै स्वभाविक थिएन । नेपालको नागरिकता पुनप्राप्तिसमेत नगरी राज्यको यति संवेदनशील निकायमा बागडोर सम्हाल्न जाने उनको धृष्टताबारे प्रश्नहरु उठिरहने छन् ।

दोस्रो, उनको दलको भविष्य । घन्टी चिह्नमा चुनाव लडेको रास्वपालाई मानिसहरुले दलको नामभन्दा बढी रविको पार्टी अथवा घन्टी भनेर चिन्ने गर्छन् । यो पार्टीमा थुप्रै सम्भावना भएका नेता, सांसद देखिएका भए पनि रविको व्यक्तित्वले तिनलाई छोपेको छ । उनीमाथि नै सार्वजनिक प्रश्न उठिसकेपछि पार्टीको भविष्यबारे स्वभाविक चासो उत्पन्न हुने छ ।

तेस्रो, सत्ता गठबन्धनको आसन्न संकट । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीले अकस्मात् बनाएको नयाँ गठबन्धनका एक मूख्य साझेदार हुन् रवि । काठमाडौंका राजनीतिवेत्ताहरुले प्रमुख प्रतिपक्षी कांग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ गठबन्धन भत्कोस् भन्नका लागि प्रयास गरेको अर्थमा समेत यो प्रकरणलाई लिएका थिए । १६८ सांसदको समर्थनमा बनेको यो गठबन्धनमा रविको पार्टीबाट रहेका बाँकी १९ सांसद अब कुन राजनीतिक सहजतामा काम गर्लान् भन्ने प्रश्न पनि छ ।

संसदीय दलमा रविको अनुपस्थितिमा उपनेता विराजभक्त श्रेष्ठले नेतृत्व गर्नेछन् । तर योसँगै दलभित्रको आन्तरिक झगडा पनि सतहमा आइरहेको छ । कतिपयले दल नै विभाजन सम्म हुन सक्ने आकलन गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४