Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बागमतीमा मन्त्रीहरुको नाम टुंगियो, शपथ आजै


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, माघ ११ २०७९
  • 2.2K
    SHARES

काठमाडौं । बागमती प्रदेश सरकारको मन्त्री बन्ने सबैको नाम टुंगो लागेको छ ।

मंगलबार प्रदेशमा हाल कायम रहेको १४ मन्त्रालय घटाएर ११ बनाउने निर्णय भएको थियो । सोहीअनुसार प्रदेश सरकारमा नेकपा (माओवादी केन्द्र) ले मुख्यमन्त्रीसहित ४, नेकपा (एमाले) ले ४ र राप्रपाले ३ मन्त्री पाउने भएका छन् । सहमति भएअनुसार नै दलहरुले आ–आफ्ना मन्त्रीको नाम टुंगो लगाएका हुन् ।

मन्त्रालय संख्या टुंगिएसँगै मुख्यमन्त्री शालिकराम जमकट्टेलले बुधबार मन्त्रिमण्डललाई पूर्णता दिन लाग्नु भएको छ ।

माओवादी संसदीय दलका नेता जम्कट्टेल प्रदेश मुख्यमन्त्री हुनुहुन्छ । यस्तै, माओवादीबाट गंगानारायण श्रेष्ठ आन्तरिक मामिला तथा कानून, युवराज दुलाल भौतिक पूर्वाधार विकास र कुमारी मोक्तान सामाजिक विकास मन्त्री बन्ने भएका छन् ।

यसैगरी, एमालेबाट एकालाल श्रेष्ठ श्रम रोजगार तथा यातायात, रामेश्वर श्रेष्ठ स्वास्थ्य र केशवप्रसाद पोखरेल कृषि तथा पशुपन्छी विकास मन्त्री बन्ने भएका छन् । एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया यसअघि नै आर्थिक मामिला तथा योजना मन्त्री भैसक्नु भएको छ ।

राप्रापाबाट विना विभागीय मन्त्री बन्नु भएका दलको नेता उद्धव थापा खानेपानी मन्त्री बन्नु भएको छ भने डम्बर तामाङ उद्योग तथा सहकारी मन्त्री र राजु विष्ट वन तथा वातावरण मन्त्री बन्ने भएका छन् ।

नवनियुक्त मन्त्रीहरूको सपथ दिउँसो २ बजेलाई राखिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४