Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सांसदले संसदीय गरिमा र मर्यादालाई बुझेर कदम चाल्नुपर्छः सभामुख घिमिरे


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, माघ ११ २०७९
  • 1.3K
    SHARES

काठमाडाैं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सांसदहरूले आफ्नो स्थान, गरिमा र महत्व बुझेर कदम चाल्नुपर्ने बताउनुभएकाे छ ।

उहाँले सञ्चारकर्मीसँग कुरा गर्दै राम्रो वातावरण बनाएर संसदलाई प्रभावकारी पार्ने कुरामा आफू लाग्ने बताउनुभएकाे हाे । उहाँले संसद हिजोको तुलनामा अलि फरक देखिए पनि आधारभूत रुपबाट खासै फरक नभएकाे समेत बताउनुभयाे। जिम्मेवारीपूर्वक नै आइपरेका चुनौतीहरुलाई समाधान गर्न सकिने उहाँकाे तर्क छ ।

उहाँले संसदको स्वरुप सरकारमा देखिनु स्वभाविक भएकाे समेत उहाँले बताउनुभयाे । सरकार संसदमाथि निर्भर हुनुपनि स्वभाविक भएकाे बताउनुभयाे । तर त्यसको निकास पनि त्यही ढंगले दिनुपर्ने उहाँले बताउनुभयाे।

प्रतिनिधि सभाले हालै नयाँ सभामुख र उपसभामुख पाएको छ । यहि माघ ५ गते सभामुखमा सांसद देवराज घिमिरे निर्वाचित हुनुभएको थियो । माघ ७ गते भएको उपसभामुखमा सांसद इन्दिरा राना निर्वाचित हुनुभएको थियो । निर्वाचित भएसँगै सभामुख र उपसभामुखले प्रतिनिधि सभाको एउटा बैठक सञ्चालन गरिसकेका छन् ।

प्रतिनिधि सभा स्वभाविक रुपले जनताको मत जितेर आएका जिम्मेवार नेताहरुको सभा भएकाे उहाँले बताउनुभयाे । हिजोको तुलनामा अलिक नयाँ पार्टी, नयाँ सोच, नयाँ विचारका नयाँ नेताहरु आएको उहाँकाे भनाइ छ । संख्याको हिसाबले अलि ठूलो संख्यामा नेता संसदमा आएको उहाँले बताउनुभयाे ।

राजनीतिले नै सबै कुराको छिनोफानो गर्ने उहाँकाे तर्क छ । प्रतिनिधि सभा सञ्चालन गर्नका लागि विगतबाट शिक्षा लिनुपर्ने उहाँले बताउनुभएकाे हाे । विगतमा भएका नकारात्मक केही घटनाहरु र प्रवृत्ति भएकाे बताउँदै उहाँले त्यसलाई विना पूर्वाग्रह त्यसबाट शिक्षा लिने बताउनुभयाे ।

आफ्नो भूमिका कसरी राम्रो बनाउन सकिन्छ भन्ने सल्लाह गर्ने, छलफल गर्ने, योजना बनाउने उहाँकाे भनाइ छ । पक्ष र विपक्ष भएर आएको छ भने दुई वटै पक्षहरु यसमा जिम्मेवार भएर अगाडि बढेर राम्रो वातावरण बनाएर प्रतिनिधि सभालाई प्रभावकारी बनाउने उहाँले बताउनुभयाे ।

दुवै पक्षका बीचमा मिलएर जाने र यो महत्वपूर्ण पक्ष भएकाे उहाँले बताउनुभयाे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४