Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सांसदको लेबीमा अरु दललाई उछिन्यो रास्वपाले, कसले कति उठाउँछन् ?


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, माघ १० २०७९
  • 1.6K
    SHARES

काठमाडौं । कुनै बेला सांसदबाट मासिक लेबी उठाउनेमा अरु पार्टीभन्दा एमाले अघिल्लो पंक्तिमा थियो । अहिले राष्ट्रिय स्वतन्त्र पार्टीले उसलाई उछिनेको छ ।

प्रतिनिधिसभा सांसदको नियमित तलब ६७ हजार र भत्तागरी करिब एक लाख रुपैयाँ पुग्ने गर्छ । राष्ट्रिय स्वतन्त्र पार्टीले भने तलबको झन्डै आधाजति अर्थात् २५ हजार रुपैयाँ मासिक लेबी उठाउन लागेको हो ।

क्षमताभन्दा बढी लेबी तोकिएको भन्दै केही सांसदले असन्तोष जाहेर गरेका छन् ।

एमालेले यसअघिको प्रतिनिधिसभा कालमा सांसदहरुबाट प्रतिमहिना १३ हजार रुपैयाँ लेबी उठाउने गर्थ्यो। कांग्रेसले मासिक १० हजार रुपैयाँ लेबी उठाउने गर्थ्यो । दुवै ठूला दलले यसपल्ट भने लेबी शुल्क तोक्न बाँकी छ ।

यस्तै माओवादी केन्द्रले अघिल्लो संसदकालमा मासिक १२ हजार रुपैयाँ लेबी उठाउने गर्थ्यो । यसपल्ट पनि सोही कायम हुने माओवादी केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले बताएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले सांसदलाई मासिक १५ हजार रुपैयाँ लेबी उठाउने गर्छ ।

जसपाले यसअघिको संसदमा मासिक १० हजार उठाउँथ्यो । नयाँ सांसदलाई कति उठाउने भन्नेबारे निर्णय छिट्टै हुने पार्टी प्रवक्ता मनिष सुमनले बताए ।

एकीकृत समाजवादीले सांसदबाट मासिक १२ हजार रुपैयाँ लेबी उठाउँछ । सीके राउत नेतृत्वको जनमत पार्टीले हालसम्म यसबारे निर्णय गरिसकेको छैन । पार्टीको संसदीय दल तथा कार्यकारिणीले यसबारे सोच्ने पार्टी उपाध्यक्ष दीपक साहले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४