Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

गण्डकीमा मन्त्रिपरिषदले पूर्णता पायो, एमालेबाट रोशन र वेदबहादुर मन्त्री बन्ने


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, माघ १० २०७९
  • 2.2K
    SHARES

काठमाडौं । मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रीहरुको टुंगो लगाएका छन् । सोमबार काठमाडौंमा एमाले अध्यक्ष केपी शर्मा ओली र मंगलबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर फर्किएपछि उनले मन्त्रिपरिषद विस्तार गरेका हुन् ।

एमालेबाट नवलपरासीका रोशन गाहामगर र कास्कीका वेदबहादुर गुरुङ मन्त्री हुने एमाले स्रोतले जनाएको छ । ७ सदस्यीय मन्त्रिपरिषदमा एमालेबाट मुख्यमन्त्रीसहित ४, माओवादी केन्द्रबाट २ र राप्रपाबाट १ जना मन्त्री हुने सत्ता साझेदार दलबीच सहमति छ ।

मुख्यमन्त्री अधिकारीले एमाले, माओवादी र राप्रपाबाट एक एक जना मन्त्री भइसकेका छन् । एमालेबाट मन्त्री हुने २ जना र माओवादीबाट मन्त्री बन्ने एक जना टुंगो लाग्न बाँकी थियो ।

माओवादी संसदीय दलको बैठकले सोमबार नै म्याग्दीका रेशम जुग्जालीलाई मन्त्री बनाउने निर्णय गरिसकेको थियो । एमालेले गाहामगर र गुरुङको नाम मन्त्रीमा टुंगो लगाएपछि ७ सदस्यीय मन्त्रिपरिषदले पूर्णता पाएको छ ।

माओवादीबाट मन्त्री भएका हरिबहादुर चुमान, एमालेबाट मन्त्री भएकी सीता सुन्दास र राप्रपाबाट मन्त्री भएका पञ्चराम तमु पनि हालसम्म विना विभागीय रहेका छन् ।

मन्त्रीको टुंगो लगाए पनि कुन कुन मन्त्रालय भन्ने अझै सार्वजनिक गरेका छैनन् । ७ जना मन्त्रीको नाम टुंगियो, केही बेरमा मन्त्रालयबारे पनि थाहा पाउनुहुन्छ,’ मुख्यमन्त्री सचिवालय स्रोतले बतायो ।

रोशन गाहामगर नवलपुरका १ (२) बाट दोस्रो पटक निर्वाचित भएकमा हुन् भने कास्की-१ (२) बाट निर्वाचित वेदबहादुर गुरुङ यसअघि मादी गाउँपालिका अध्यक्ष थिए । प्रदेश प्रमुख कार्यालयका अनुसार मन्त्रीहरुलाई मंगलबार नै शपथ खुवाउने तयारी भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४