Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अमेरिका बस्ने नेपालीले गरे बिरामी कर्णबहादुर बाँठाको उपचारका लागि एक लाख २६ हजार सहयोग


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, फाल्गुन २८ २०७६
  • 3.3K
    SHARES

काठमाडौं । अमेरिकामा बस्दै आएका नेपालीहरुले बिरामी कर्णबहादुर बाँठामगरको उपचारका निम्ती सहयोग गरेका छन् । धेरैथरि रोगबाट ग्रस्त कर्णबहादुरको उपचारमा सहयोग होस् भन्ने उद्देश्यले टेक्सास अमेरिकामा बस्दै आएका रोल्पा निवासी याशिका बाँठामगर र जीवराज बुढामगरको पहलमा संकलन गरिएको १ लाख २६ हजार ९ सय ८५ रुपैयाँ आज बुधवार बिरामी कर्णबहादुरलाई हस्तान्तरण गरिएको हो ।
माडी गाउँपालिका(६ रोल्पा (९साविक कोर्चावाङ) निवासी कर्णबहादुर बाँठामगर (४७) विगत ५ महिनादेखि टिचिङ हस्पिटल महाराजगञ्जमा मृगौला, पत्थरी, जण्डिस रोगको उपचार गराईरहेका छन् ।
पछिल्लो समय कलेजोमा पनि समस्या देखिएको कर्णबहादुरका छोरा महेन्द्र बाँठामगरले जानकारी दिए । साथै कर्णबहादुरको परिवारले घरको आर्थिक स्थिती कमजोर भएका कारण उपचारमा सहयोग गर्न समेत आग्रह गरेका छन् ।
अमेरिकामा बस्दै आएका नेपालीहरु भूबन आले ५१, मानबहादुर र बिरपति बाँठामगर ५१, जीवराज बुढा, याशिका बाठामगर ५१, मणी थापा १०१, लक्ष्मी पुन २५, गंगा सिंजाली ४९, रबिन थापा मगर ४१, सबिता थापा ३०, रिम थापा ३०, सरु गाहा ३०, यम थापा २५ डलर सहयोग गर्नुभएको थियो ।
त्यस्तै रबिन मगर ५१, करन थापा ४१, सुमन पाठक १५, खेम निरौला २५, प्रविन कवर २७, दिपक थापा ५१, देवि थापा ४ ३०, कमल मगर ४१, लिला लामीछाने २५, यज्ञ राना ५०, कमला थापा ५०, दिपक कार्की २०, तेजेन्द्र थापा २५, नारायण के सी २५, निग्मा शेर्पा ५०, नगेन्द्र लिम्बु २५, दिपक छेत्री २५ र जानकी थापा ५० गरी जम्मा १,११० डलर सहयोग गरेका हुन् ।
संकलित उक्त रकम पत्रकार देविका घर्ती मगरमार्फत बिरामी कर्णबहादुरलाई काठमाडौंमा भेटेर हस्तान्तरण गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४