Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पोखरा विमान दुर्घटना : सनाखत नभएका शव आज काठमाडौं ल्याइने


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, माघ ३ २०७९
  • 2.1K
    SHARES

काठमाडौं । गत आइतबार पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा परी मृत्यु भएकाको शव आफन्तलाई बुझाउन थालिएको छ ।

पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा सोमबार साँझदेखि मात्र शव परीक्षण सुरू गरिएको थियो । बाँकी शवको परीक्षण भइरहेकाले र मंगलबार बिहान आफन्तलाई हस्तान्तरण गरिने अस्पताल प्रशासनले जनाएको छ ।

दुर्घटनामा हालसम्म फेला परेका ७० शवमध्ये २४ जनाको मात्र पोखरामा परीक्षण हुने र विदेशी नागरिक, पहिचान नखुलेका र चालक दलका सदस्यको शव काठमाडौंस्थित शिक्षण अस्पतालमा शव परीक्षण हुनेछ । ती शवलाई हेलिकप्टरबाट मंगलबार काठमाडौं ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिनुभयो ।

शव परीक्षणका लागि काठमाडौंदेखि आएका फरेन्सिक विज्ञसहितको टोली खटिएको छ । पोखराको सेती खोँचमा भएको सो विमान दुर्घटनमा परी ज्यान गुमाएका ७० जनाको शव फेला परेको छ भने बाँकी दुई यात्रुको अवस्था भने अझै अज्ञात छ ।

सोमबार दिनभर भएको खोजीमा पनि शव फेला नपरेपछि मंगलबार बिहान पुनः खोजी गरिने भएको छ । आइतबार बिहान काठमाडौंबाट पोखराका लागि उडेको यति एयरको बिमान पोखरामा दुर्घटनाग्रस्त भएको हो । उक्त विमानमा ४ चालक दलसहित ७२ जना सवार थिए ।

यस्तै, उद्धार टोलीले जहाजको ‘ब्ल्याक बक्स’ पनि सरकारले गठन गरेको जाँच आयोगलाई बुझाइसकेको प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४