Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मन्त्रीमा सहमति : कुन दललाई कति मन्त्रालय ?


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, माघ ३ २०७९
  • 1.8K
    SHARES

काठमाडौँ । सत्ता गठबन्धनको बैठकले मन्त्रालयको भागबन्डा टुंग्याएको छ । बालुवाटारमा करिब पाँच घण्टा बसेको बैठकले दलहरुले पाउने मन्त्रालयको टुंगो लागाएको हो ।

सहमतिअनुसार एमालेले ८, माओवादीले ४, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले ३–३ र जनमत पार्टीले १ मन्त्रालय पाउनेछन् । जसपाले भने ३ मन्त्रालय मागेपछि उसलाई दिने मन्त्रालयबारे टुंगो लागेको छैन । नागरिक उन्मुक्ति पार्टीले रेशम चौधरीको रिहा हुने व्यवस्था नभएसम्म सरकारमा नजाने अडान लिएको छ ।

दलले पाउने मन्त्रालयबारे सहमति भएपनि अन्तिम रुप भने दिइएको छैन । जसका लागि आज बिहान गठबन्धनको बैठक बस्दैछ । नेकपा माओवादी केन्द्रले   स्वास्थ्य, संचार तथा प्रविधि र भूमिसुधार पाउने अनौपचारिक सहमति भए पनि त्यसमा हेरफेर हुने संभावना छ । नेकपा एमालेले रक्षा,परराष्ट्र, संस्कृति, पर्यटन तथा नागरिक उडयनलगायत मन्त्रालय लिने छ । एमालेले दुई राज्यमन्त्रीसहित ८ मन्त्रालय लिने सहमति भएको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टीले उपप्रधान तथा गृह, शिक्षा र श्रम मन्त्रालय पाउने भएको छ । उपसभामुख पनि स्वतन्त्र पार्टीलाई दिने सहमति भएको बताइन्छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले उपप्रधान तथा उर्जा, जलस्रोत तथा सिंचाइ र अरु दुई मन्त्रालय पाउने भएको छ । पार्टीको नेतृत्व गर्दै अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधान तथा उर्जा मन्त्रीको रुपमा सरकारमा जानेछन् ।

सत्ता गठबन्धनले बिहान बैठक गरी मन्त्रालय भागबन्डामा थप समीक्षा गर्नेछ । दलहरुले मन्त्रीको नाम शपथग्रहण गर्नुअघि प्रधानमन्त्रीलाई दिनेछन् । त्यसपछि मन्त्रीको शपथ दिउँसो १ बजे हुने मोटामोटी तय भएको छ । मन्त्रीहरूको शपथपछि अपरान्ह ४ बजे सर्वदलीय बैठक बस्ने जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४