Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कांग्रेसले सभामुखबारे सर्वदलीय बैठकपछि निर्णय लिने


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, माघ २ २०७९
  • 1.5K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसले सभामुखमा उम्मेदवारी दिने/नदिने निर्णयका लागि सर्वदलीय बैठकलाई प्रतीक्षा गर्ने भएको छ । संसद सचिवालयले सभामुखको मनोनयन दर्ताको कार्यतालिका बुधबारको लागि राखेको छ ।

कांग्रेसले सभामुखमा उम्मेदवारी दिने/नदिने सन्दर्भमा पार्टीमा कुनै छलफल नभएको नेता रामचन्द्र पौडेलले जानकारी दिए । ‘सर्वदलीय बैठक बोलाउने भनेका छन् । त्यहाँ छलफल होला नि,’ पौडेलले जन प्रहारलाई भने, ‘पार्टीभित्र छलफल केही भएको छैन ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार सर्वदलीय बैठकको आह्वान गरेका छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बालकोटमा भेटेपछि निस्कने क्रममा प्रधानमन्त्री प्रचण्डले कांग्रेसका बारेमा मंगलबार नै थाहा हुने बताएका थिए । उनले भने, ‘सरकारलाई विश्वासको मत दिने सबै पार्टीको भोलि (मंगलबार) बैठक छ । भोलिको बैठकमा सबै कुरा टुंगिन्छ । “प्रचण्ड”ले भनेका छन् ।

कांग्रेसले प्रधानमन्त्रीले सर्वदलीय बैठकमा ल्याउने प्रस्ताव हेरेर निर्णय गर्ने छ । ‘बुधबार साँझसम्म सभामुखमा उम्मेदवार दिने नदिने निर्णय लिन्छौं,’ कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जन प्रहारलाई भनेका छन्  ।

कांग्रेस नेताहरुका अनुुुसार पार्टीको प्रमुख रुची राष्ट्रपतिका लागि छ । सभामुख कांग्रेसलाई प्राप्त हुने अवस्था बनेमा उपसभापति पूर्णबहादुर खड्का र नेता अर्जुनरसिंह केसी उक्त पदका आकांक्षी छन् ।

सत्तारुढ दलमा भने सभामुखमा एमालेबाट उम्मेदवार हुने सहमति बनेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४