Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

विमान दुर्घटना : पहिचान नभएका शवहरु भोलि काठमाडौं पठाइने


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, माघ २ २०७९
  • 3.2K
    SHARES

काठमाडौं । यती एयरको जहाज दुर्घटनामा ज्यान गुमाएका र पोखरामा पहिचान गर्न कठिन भएका शव काठमाडौं पठाइने भएको छ । शव लिनका लागि काठमाडौंबाट हेलिकप्टर पोखरा आइपुगेको छ ।

तर सोमबार नभ्याइने भएकाले काठमाडौं पठाइने शव मंगलबार मात्र पठाइने पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक भरत खत्रीले जानकारी दिए ।

पहिचान भएका शवहरुको पोखरामै पोस्टमार्टम गरिएको छ र त्यहीँबाट आफन्तलाई जिम्मा लगाउने तयारी छ । तर पोस्टमार्टम गरेर आफन्तलाई आजै शव दिन कठिन भएको निर्देशक खत्रीले बताए । ‘शवको सेलेक्सन भइरहेको छ । पोस्टमार्टम गरेर आज आफन्तलाई शव बुझाउन पनि कठिन देखिएको छ’ उनले भने ।

अस्पतालका अनुसार काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विभागका चिकित्सकको नेतृत्वमा पोखरा स्वास्थ विज्ञान प्रतिष्ठान तथा अन्य शिक्षण संस्थाका फरेन्सिक विज्ञ चिकित्सकबाट शवको वर्गीकरण गर्ने काम सकिएको छ ।

दुर्घटनामा भेटिएका ६९ शवमध्ये २६ जनाको मात्र सनाखतन भएको छ । सनाखत भएको सग्लो शरीरसहितको शवको पोस्टमार्टम पोखरामै भइरहेको छ ।

कतिपय शवको परिचय पत्रका आधारमा सनाखत भए पनि थप सनाखत गर्नुपर्ने देखिएकाले डीएनए परीक्षणको लागि काठमाडौ लैजानुपर्ने पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४