Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

विमान दुर्घटनामा गिटारिस्ट निशान्त आचार्यको पनि निधन


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, माघ १ २०७९
  • 3.3K
    SHARES

काठमाडौं । युवापुस्ताका चर्चित गिटारिस्ट तथा संगीतकर्मी निशान्त आचार्यको पनि आइतबार पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा निधन भएको छ । रक गायक तथा अभिनेता रविन तामाङ, अभया सुब्बा, रक ब्याण्ड मंकी टेम्पलसहित उनका फ्यानले सामाजिक सञ्जालमा आचार्यलाई श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

पोखरा घर भएका आचार्य पछिल्लो समय नेपालका चर्चित गिटारिस्ट हुन् जसको लोकप्रियता युटयुब र टिकटकजस्ता इन्टरनेटका भिडियो प्लेटफर्ममा पनि उत्तिकै छ । उनको आफ्नै केसिक्स बिफोर नामक ब्याण्ड छ भने उनले यी भिडियो प्लेटफर्मबाट गिटारसम्बन्धी ट्युटोरियल सिकाउँदै आएका छन् । उनको गिटार ट्युटोरियल सिकेर पछिल्लो समय मुलुकका तन्नेरीहरु संगीततर्फ आकर्षित भइरहेका छन् ।

निशान्तलाई श्रद्धाञ्जली दिंदै रक गायक तामाङ लेख्छन्, ‘विमान दुर्घटनामा आफ्नो प्रियजन गुमाउनु पर्दा आज पीडा र सम्झनाको बाढी आए । आफ्ना प्रियजन गुमाउनुहुने सम्पूर्ण परिवारमा सहानुभूति छ । निशान्त आचार्य भाइ तिम्रो आत्माले शान्ति पाओस्, परिवार र साथीभाइमा गहिरो समवेदना ।’

मुलुकको चर्चित रक ब्याण्ड मंकी टेम्पलले निशान्तलाई अद्भूत गिटारिस्ट भएको जनाएको छ । केही वर्षअघि निशान्तले ‘सँगै बाँचौं न’ बोलको फिंगर स्टाइल गीत रिलिज गरेको जनाउँदै ब्याण्डले सुरक्षा लापरवाहीको कारण उनको निधन भएको जनाएको छ ।

आइतबारको उक्त विमान दुर्घटनामा ६८ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ । काठमाडौंबाट पोखरातर्फ उडेको यती एयरलाइन्सको उक्त विमान चालक दलका सदस्यसहित ७२ जना सवार थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४