Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

दोषीमाथि कारबाही गर्ने गृहमन्त्री लामिछानेकाे प्रतिबद्धता


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, पुष ३० २०७९
  • 5K
    SHARES

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले निर्मला कुर्मीका लागि न्याय माग्दै माइतीघरमा धर्ना बसिरहेका महिला अधिकारकर्मीहरूलाई भेटेर धर्ना रोक्न आग्रह गर्नुभएको छ ।

शनिबार माइतीघरमा पुगेर रूबी खान लगायत महिला अधिकारकर्मीलाई भेट्नुभएका गृहमन्त्री लामिछानेले दोषीमाथि कारबाही गर्ने प्रतिबद्धता व्यक्त गर्दै धर्ना रोकेर घर फर्कन आग्रह गर्नुभएको हो ।

बेपत्ता पारिएकी बाँकेकी निर्मला कुर्मीलाई सार्वजनिक गर्नुपर्ने मागसहित नेपालगन्जबाट काठमाडौं आएका महिला अधिकारकर्मीले माइतीघरमा चरणबद्ध आन्दोलन गरिरहेका छन् । उनीहरूले बाँकेकै नकुन्नी धोबीको मृत्यु प्रकरणको छानबिन र दोषीमाथि कारबाहीको माग गरिरहेका छन् ।

गृहमन्त्री लामिछानेले उनीहरूलाई धर्ना छोडेर घटनाको अनुसन्धानमा सहयोग गर्न आग्रह गर्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको विशेष टोलीले छानबिन गरिरहेको जानकारी गराउनुभयो ।

गृहमन्त्री लामिछानेसँगको भेटमा अधिकारकर्मी रुवी खानले यो सरकारबाट न्याय पाउनेमा आफूहरू आशावादी रहेको तर, न्याय नपाउञ्जेल धर्ना नछाड्ने बताउनुभयो । उहाँले अनुसन्धानमा सरकारलाई सहयोग गर्न आफूहरू तयार रहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४