Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

घरजम छँदा प्रेम टुट्यो, डिभोर्स भएपछि माया बस्यो !


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, पुष २६ २०७९
  • 3.8K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसले झण्डै १८ महिनादेखि आफ्नो नेतृत्वको गठबन्धनमा रहेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल प्रचण्डलाई चुनावपछि साथमा राख्न सकेन ।

आलोपालो सरकारको नेतृत्व गर्न सहमत भएका कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच को पहिला प्रधानमन्त्री हुने भन्ने विषयमा विवाद भयो ।

आफूलाई प्रधानमन्त्री बनाउन देउवा सहमत नभएपछि प्रचण्डले एमालेसँग गठबन्धन बनाएका थिए । एमाले अध्यक्ष केपी ओलीको समेत समर्थनमा १० पुसमा प्रधानमन्त्री बनेका हुन् । उनले मंगलबार विश्वासको मत लिंदा भने कांग्रेस पनि समर्थन गर्न आइपुग्यो ।

प्रचण्डलाई विश्वासको मत दिने पार्टीको निर्णयबारे टिप्पणी गर्दै कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले भनेका छन्, ‘घरजम छँदा प्रेम टुट्यो, डिभोर्स भइसकेपछि माया बस्यो भने जस्तो अवस्था आज संसदमा देखिएको छ ।

पार्टीको संसदीय दलको निर्णयमा महामन्त्रीद्वय गगन कुमार थापा र विश्वप्रकाश शर्मा सहित ५ नेताले भने फरक मत राखेका थिए । आफूहरुको अवस्थालाई भने उनले विम्बात्मक रुपमा सुनाएका छन् ।

‘कुनै जोडीले भागेर विवाह गरिसकेपछि बोलाएर टिकाटालो गर्नुपर्छ या पर्दैन भनेर परिवारका सदस्यहरुको बीचमा फरक मत आउँदो रहेछ । विवाह गरेर गइसकेको जोडीलाई बोलाएर टिकाटालो गर्दै गर्दा सबै सामेल हुनुपर्दोरहेछ’ शर्माले संघीय संसद भवन बाहिर पत्रकारहरुसँग कुराकानीमा भनेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४