Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रदेश प्रमुखले सरकार गठन आह्वानमा राजनीति गरेको आरोप


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, पुष २१ २०७९
  • 1.8K
    SHARES

काठमाडौँ । राप्रपा बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाले प्रदेश प्रमुखले सरकार गठन आह्वानमा राजनीति गरेको आरोप लगाएका छन् । प्रदेश प्रमुख यादवचन्द्र शर्माले समय र परिस्थितिको वेवास्ता गर्दै सरकार गठनमा राजनीति गरेको थापाको आरोप छ । ‘सरकार गठनमा प्रदेश प्रमुखले राजनीति गर्नुभयो । देशको राजनीतिक अवस्था र परिस्थितिबारे उहाँले वेवास्ता गर्दै सरकार गठनका लागि आह्वान गर्नु गलत हो,’ उनले जन प्रहारलाई भने, ‘सरकार गठन आह्वान उहाँको अधिकार क्षेत्र भएपनि देशको परिस्थितिको विषयबारे ज्ञान राखेर त्यसअनुसार नै निर्णय गर्नु उचित हुने थियो । तर, त्यसो भएन ।’

पुस २६ गते केन्द्र सरकारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को विश्वासको मत लिने समय तोकिएको बखत प्रदेश प्रमुखले त्यसको बेवास्ता गर्दै ५ दिनको समय दिएर सरकार गठनको आह्वान गर्नु पदीय मर्यादा विपरित गरिएको राजनीति भएको उनले बताए । ‘२५ गतेसम्मको समय दिएर सरकार गठनको आह्वान गर्नु थियो भने १८ गतेको प्रदेशसभामा पछि नै गरेको भए हुन्थ्यो नि रु किन आज २१ गतेसम्म कुर्नुपर्यो ? अर्को कुरा आज आह्वान गरेर २५ गतेसम्म मात्र किन राखियो, बढाउन नि सकिन्थ्यो होला नि ? यो राजनीति भयो । यो सरासर गलत भयो,’ उनले भने ।

प्रदेश प्रमुखको उक्त कदमले प्रदेश सरकारको नेतृत्वसँगै संघीय सरकारमा पनि प्रभाव पर्ने उनको भनाइ छ । त्यस्तै नेता थापाले राप्रपा प्रदेश सरकारको नेतृत्वको लागि तयार रहेकाले बागमती प्रदेश सरकारको मुख्यमन्त्रीमा आफ्नो सशक्त दावी रहेको बताए । अंकगणितीय हिसाबले बागमती प्रदेशको समीकरणलाई अवमूल्यन गर्न नहुने भन्दै थापाले कुनैपनि अवस्थामा बागमतीको मुख्यमन्त्री राप्रपाको हुनुपर्ने उनले बताए ।

हामी बागमती प्रदेशको नेतृत्व लिन सक्षम छौं । तपाई हामी सबैलाई थाहा छ बागमती प्रदेशको अंकगणित के छ भनेर । अंकगणीतीय हिसावले पनि हाम्रो दलले मुख्यमन्त्री दावी गर्नु स्वभाविक छ । त्यसैले यसमा हाम्रो सशक्त दावी कायमै छ,’ उनले भने । राप्रपालाई सरकारको नेतृत्व, भागबण्डाको विषयमा अवमूल्यन गर्न खोजिए नतिजा अप्रत्यासित आउन सक्ने उनले चेतावनी दिए । फरक गठबन्धनबाट राप्रपालाई सरकारको मुख्यमन्त्रीको अफर आइसकेकाले त्यसतर्फ पनि गठबन्धनका दलहरु सचेत हुन जरुरी रहेको उनले बताए ।

‘हामीलाई फरक गठबन्धनबाट पनि मुख्यमन्त्रीको अफर आइसकेको छ । त्यसैले राप्रपाको अंकगणितलाई अवमूल्यन गर्दा समस्या हुनसक्छ । केन्द्रको जस्तै समीकरण फेरबदलको घटना प्रदेशमा नहोला भन्न सकिन्न । केन्द्रको निर्देशन अनुसार प्रदेश सरकारको नेतृत्व हामी जुनसुकै समीकरणबारे पनि गर्न सक्छौँ । यस तर्फ गठबन्धन दलहरु सचेत हुन जरुरी रहेको छ,’ उनले भने ।

राप्रपाले मुख्यमन्त्रीको दावी बार्गेनिङका लागि नगरेको उनको भनाइ छ । राप्रपाले सबै दलहरुलाई मिलाएर अघि लैजान सक्ने क्षमता बनाएको र समग्र प्रदेशको विकासमा सशक्त भूमिका खेल्ने सक्ने भएकाले आफूहरुले पार्टी केन्द्रको निर्देशन अनुसार दावी गरेको उनले बताए । राप्रपा प्रदेश संरचनाको खारेजीको पक्षमा रहेकाले सरकारको नेतृत्वमा रहेर नै आफ्नो एजेण्डामा पुरा गर्नतर्फ अग्रसर हुने उनले बताए । ‘हामी हाम्रो एजेण्डामा अडिग छौँ । सरकारमा गएर नै हामी प्रदेश संरचना खारेज गर्छौँ । यो देशले प्रदेश संरचना थेग्न सक्दैन । त्यसैले हामी हाम्रो एजेण्डा अनुसार नै अघि बढ्छौँ,’ उनले भने ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४