Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

“आज लुम्बिनी प्रदेश सभा सदस्यको शपथ ग्रहण”


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, पुष १७ २०७९
  • 3.4K
    SHARES

काठमाडौं । लुम्बिनी प्रदेशसभा सदस्यहरुले आज पद तथा गोपनियताको शपथ ग्रहण गर्दैछन् । प्रदेशको स्थायी राजधानी दाङको देउखुरीमा दिउँसो १ बजे नवनिर्मित प्रदेशसभा भवनमा शपथ ग्रहण गराउन लागिएको हो । प्रदेश सभा सदस्यहरूलाई प्रदेश प्रमुख अमिक शेरचनले शपथ खुवाउने छन् ।

प्रतिनिधि सभा र अन्य प्रदेश सभामा प्रदेश प्रमुखले ज्येष्ठ सदस्यलाई शपथ खुवाउने र त्यसपछि ज्येष्ठ सदस्यले अरुलाई शपथ खुवाउने व्यवस्था छ । तर लुम्बिनीमा प्रदेश प्रमुखले नै सदस्यहरुलाई शपथ खुवाउने गरेका छन् ।

पहिलो पटक स्थायी राजधानीमा गर्न लागिएको कार्यक्रमको सबै तयारी पूरा भएको प्रदेश सभाका सचिव दुर्लभकुमार पुनले जानकारी दिए ।

८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा नेकपा एमालेबाट २९, नेपाली कांग्रेसबाट २७, माओवादी केन्द्रबाट ९, राप्रपा र नागरिक उन्मुक्ति पार्टीबाट ४/४ जना, जसपा, लोसपा, जनमत पाटी र स्वतन्त्र ३/३ जना तथा नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाबाट एक/एक जना सांसद रहेका छन् ।

यस्तो बन्यो लुम्बिनी प्रदेशसभा भवन –

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४