Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कैलालीमा डेढ लाख नक्कली नोट र बाघको छालासहित ५ जना पक्राउ


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, पुष १२ २०७९
  • 2.8K
    SHARES

कैलाली । कैलालीमा नक्कली नोट, बाघको हड्डी र जडीबुटीसहित ५ जना पक्राउ परेका छन् । जिल्लाको धनगढी उप–महानगरपालिका-४ बसपार्कबाट उनीहरूलाई १ लाख ४२ हजार नक्कली नोट, बाघको हड्डी र जडीबुटीसहित प्रहरीले पक्राउ गरेकाे हाे ।

धनगढीको साल्ट ट्रेडिङ कर्पोरेसन अगाडि नक्कली मुद्राको कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा तत्काल प्रहरीकाे टोली खटिएकाे हाे । साेही टोलीले कैलालीकाे चुरे गाउँपालिकार-६ बस्ने वर्ष ५५ का लालबहादुर साउदको खानतलासी गर्ने क्रममा उनको साथबाट नक्कली नेपाली नोट ४ थान फेला पारेको हो ।

साउद नक्कली नोटहरूका सम्बन्धमा सञ्जाल नै रहेको खुल्न गएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । त्यस्तै, उक्त व्यक्तिहरूको खोजतलास गर्ने क्रममा कैलाली धनगढी उप–महानगरपालिका–१३ काे राजपुर स्थित एसएस होटेलमा कोठा गरी बसेका दार्चुला लेकम गाउँपालिका–६ मा बस्ने वर्ष ३३ को लिलाधार मिश्र, डोटी शिखर नगरपालिका–१० मा बस्ने वर्ष ३० का करणसिंह धामी र बडिकेदार गाउँपालिका–१ मा बस्ने वर्ष ५० का मोहनसिंह बोहरा समेतलाई नियन्त्रणमा लिई अनुसन्धान गर्दै जाँदा जिल्ला कैलाली धनगढी उप–महानरपालिका–१३ स्थित कोठा भाडामा लिई बस्ने डोटी शिखर नगरपालिका–१० बस्ने वर्ष ३० का करनसिंह धामी बस्ने गरेको डेरा कोठाको डोटी शिखरकै १९ वर्षीय टेकेन्द्र धामीलाई समेत पक्राउ परेका छन् ।

धामी बसेको कोठाको पलङ खटियाको सिरानी मुनि लुकाई राखेको अवस्थामा १ लाख ३८ हजार गरी जम्मा १ लाख ४२ हजार रूपैयाँ प्रहरीले फेला पारेको हाे ।

खानतलासी कै क्रममा सोही खटियाको प्लाई मुनि रहेको बाक्साभित्र जेब्रा झोलामा बाघको जस्तो देखिने अस्थिपञ्जर हड्डीहरू ५ किलो ५ सय ३० ग्राम, बैङ्क तथा आईएमई भौचर तथा चेकहरू, प्लास्टिकभित्र लुकाई छिपाई राखेका अवस्थामा जडिबुडी वनस्पतिका बोक्राहरू (आइएन के) र फलामका टुक्राहरू समेत बरामद गरेको प्रहरीले जनाएको छ। पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४