Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सोमबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, पुष ११ २०७९
  • 2K
    SHARES

पञ्चाङ्ग
वि.सं. पुस ११, २०७९ । ई.सं. २६ डिसेम्बर २०२२ । शक संवत् १९४४ । नेपाल संवत् ११४३ थिंलागा । नल दक्षिणायन हेमन्त । सोमबार पौष शुक्लपक्ष । तिथि- तृतीया, ९:२४ बजे उप्रान्त चतुर्थी । नक्षत्र- श्रवण, २१:५९ बजे उप्रान्त धनिष्ठा । योग- हर्षण, २६:३९ बजे उप्रान्त वज्र । करण- गर ९:२४ बजेदेखि वणिज, २०:१३ बजे उप्रान्त कौलव । चन्द्रराशि मकर । आनन्दादि योग सिद्धि । दिनमान २५।५० । सूर्योदय ६:५४ । सूर्यास्त १७:१४ ।

राशिफल

मेष – ARIES
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। दीर्घकालीन काममा जग बसाउने अवसर प्राप्त हुनेछ।

वृष – TAURUS
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
परिस्थितिवश धन अभावले सताउनेछ भने श्रमको उचित मूल्य प्राप्त नहुन सक्छ। आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। शुभचिन्तकहरूको भावनालाई बेवास्ता गर्दा पछि परिनेछ। विशेष काम सुरु गर्न समय पर्खनुहोला। नियमित काम भने सम्पादन हुनेछन्। सामाजिक उत्तरदायित्व वहन गर्दै पछिसम्म फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ।

मिथुन – GEMINI
का, कि, कु, घ, ङ, छ, के, को, ह
श्रमपूर्वक समर्पित हुँदा पनि कामको मूल्य नपाइने परिस्थिति देखिन्छ। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने पहिलेका सहयोगीहरू पछि हट्न सक्छन्। विविध चुनौती सामना गर्नुपर्दा दिक्दारी बढ्न सक्छ। बाध्यतामा अलमलिनुपर्दा मन खिन्न रहनेछ। धैर्यसाथ कर्तव्यपरायण बन्ने प्रयत्न गर्नुहोला, श्रमको उपलब्धि हात पार्न सकिनेछ। गोपनीयतामा ध्यान पुर्याउनुहोला।

कर्कट – CANCER
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
रमाइलाे भेटघाट भए पनि अरूको विषयमा चासो राख्दा वादविवाद हुन सक्छ। फाइदाका पछि लाग्दा साथीभाइसँग असमझदारी बढ्न सक्छ। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू पछि हट्नेछन्। तापनि परिवारजनको साथले आशा जगाउनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै आफन्तकाे स्नेह प्राप्त हुनेछ। अतिथिका रूपमा सम्मान पाइनेछ।

सिंह – LEO
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
चिताएको काम सम्पादन हुनाले पराक्रम र उत्साह बढ्नेछ। व्यापारमा मनग्य फाइदा उठ्नेछ। भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ होला। परिस्थितिसँग केही सम्झौता गर्नुपरे पनि प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। आफ्नो अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ।

कन्या – VIRGO
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
अस्वस्थताले काममा ढिलासुस्ती हुनेछ भने अप्रिय समाचारले निराश तुल्याउन सक्छ। पढाइलेखाइमा समय दिन नसकिएला। व्यापारमा समेत सोचेको फाइदा नउठ्ने देखिन्छ। नयाँ योजना कार्यान्वयनमा ल्याउन समस्या पर्ला। आफूलाई कमजोर भएको अनुभूति हुनेछ। धैर्यसाथ जुट्नुहोला, लगनशीलताले परिस्थितिलाई बदल्न सक्छ। समय लागे पनि काम बन्नेछ।

तुला – LIBRA
र, रि, रु, रे, रो, ता, ति, तु, ते
अवसरलाई पछ्याउन नसक्दा हातमा आएको मौका गुम्न सक्छ। पारिवारिक असमझदारी बढ्न सक्छ। टाढिएका सन्तानलाई आमाको यादले सताउन सक्छ। शुभचिन्तकहरूको सुझावले फाइदा दिलाउनेछ। धेरैलाई लाभ हुने कार्य गर्ने मौका छ। भूमि तथा कृषिबाट पनि फाइदा हुनेछ। सामाजिक कार्यले सम्मानित स्थान दिलाउनेछ। पशुधन र जमिनबाट मनग्य लाभ मिल्नेछ।

वृश्चिक – SCORPIO
तो, ना, नि, नु, ने, नो, या, यि, यु
सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिनेछ। कृषिकर्म र व्यावसायिक काममा केही लगानीपछि फाइदा हुनेछ। प्रशस्त धन आर्जन गर्ने मौका छ। पराक्रम र उत्साह बढ्नेछ। उद्योग र व्यापारमा विशेष फाइदाको योग छ। प्रतिस्पर्धी परास्त होलान्। सहयोगीहरूले राम्रै साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ। नयाँ काममा हात हाल्ने समय छ।

धनु – SAGITTARIUS
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
हल्लाको भरमा काम गर्दा दु:ख पाइनेछ। अर्थ अभावले सताउन सक्छ। अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ने स्थिति आउन सक्छ। नियमलाई बेवास्ता गर्दा चुनौती आइलाग्नेछन्। मिहिनेत परे पनि चिताएको मूल्य प्राप्त नहुन सक्छ। ईर्ष्या गर्नेहरूले सताउनेछन् भने पहिलेकै काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। समयको मागअनुसार चल्न नसक्दा पछि परिनेछ।

मकर – CAPRICORN
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जमघटले आनन्द प्राप्त हुनेछ। तर काममा आश्वासन दिनेहरूले झुक्याउन सक्छन्। स्वास्थ्यका लागि खानपानमा सचेत रहनुपर्ला। भेटघाटमा अलमलिनाले काममा बाधा पुग्नेछ। पहिलेको योजना अनिश्चित बन्नेछ भने नयाँ काममा अन्योल बढ्न सक्छ। तापनि पारिवारिक सहयोगले केही समस्या सुल्झाउन सकिनेछ।

कुम्भ – AQUARIUS
गु, गे, गो, सा, सि, सु, से, सो, द
अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। धेरै लगानी गर्दा थोरै फाइदा हुनेछ। बेलामा होस नपुर्याउँदा केही अप्ठ्यारा चुनौती आउन सक्छन्। फाइदाका पछि लाग्दा आफ्नै धनमाल गुम्न सक्छ। साथीभाइसँग पनि असमझदारी बढ्न सक्छ। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। खर्च बढ्नुका साथै आर्थिक अभाव देखा पर्ने समय छ।

मीन – PISCES
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ। तारिफयोग्य काम सम्पादन गर्दै मनग्गे धन आर्जन गर्न सकिनेछ। आँटले काम सम्पादन हुनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। थोरै लगानीबाट पनि नाफा उठाउन सकिनेछ। विभिन्न भौतिक साधन जुट्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४