Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सुदूरपश्चिममा खगराज भट्टलाई ओमबिक्रम चुनौती


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, पुष ९ २०७९
  • 1.9K
    SHARES

काठमाडौं । नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश सभाको संसदीय दलको नेतामा खगराज भट्ट निर्विकल्प जस्तै देखिएका बेला अर्का नेता ओमबिक्रम भाट (सरल)ले पनि दाबी प्रस्तुत गरेका छन् । कञ्चनपुर क्षेत्र नम्बर २ को प्रदेशसभा (१) बाट विजयी भएका भाटले संसदीय दलको नेतामा आफ्नो पनि दाबी रहेको बताएका छन् । दलको नेता चयनका लागि चुनाव हुने अवस्थाामा उम्मेदवारी दिने बताउने उनी पार्टीमा पुस्तान्तरण आवश्यताको रहेको बताउँछन् । अहिलेको राजनीतिलाई नयाँ ढंगले अघि बढाउनुपर्ने भएकाले पनि आफू दलको नेतामा चुनाव लड्ने भाटको भनाइ छ ।

अब पार्टीलाई जनमुखी बनाएर लैजानुपर्छ । संसदीय दलमा पनि निर्वाचन हुनुपर्छ हिजोको परम्परा तोडेर नयाँ ढंगले जानुपर्छ । युवा पुस्ताले हस्तक्षेपकारी भूमिका खेल्नुपर्छ भनेर दाबी प्रस्तु गरेको छु,’ भाटले जन प्रहारलाई भनेका छन्, ‘पार्टीमा कति सालमा सदस्यता लिएको, सिनियर जुनियर भन्ने गरेकै कारण पार्टी भद्दा हुँदै आयो । कार्यकर्ताले नेता चुन्नुपर्छ । पार्टीभित्र पनि कार्यकर्ताका बीचमा जाऔँ । प्रतिस्पर्धात्मक राजनीतिकमा जाऔँ भन्ने हाम्रो प्रस्ताव हो ।

भाटले दाबी प्रस्तुत गर्न अघि निर्विकल्प जस्तै देखिएका खगराज भट्ट पार्टीको स्थायी कमिटी र सुदूरपश्चिम इन्चार्ज एवंम् पार्टीको नेता भएको बताउँदै आन्तरिक प्रतिस्पर्धालाई निषेध गर्न नहुने पक्षमा छन् ।

माओवादी केन्द्रको संसदीय दलमा भट्टलाई अब भाट चुनौतीका रुपमा देखिएका छन् । पार्टीमा नेता बर्षमान पुन निकट मानिने भाट खुमलटारसँग पनि निकट नेताका रुपमा चिनिन्छन् । सोही कारण खुमलटारले चुनावका बेला नेता देवीलाल चौधरीले पाइसकेको टिकट रातारात खोसेर भाटलाई थमाएको चर्चा सुदूरपश्चिममा छ ।

पार्टीको संसदीय दलको नेता हुँदै मुख्यमन्त्री बन्ने लाइनमा रहेका भट्टले अब दलमा भाटको सामना गर्नुपर्ने देखिएको छ । २०७४ सालको निर्वाचनमा माओवादीका समकालीन नेताहरुले मुख्यमन्त्री बनाउने शर्तसहित प्रदेशसभाको चुनाव लड्न गरेको आग्रहलाई अस्वीकार गर्दै प्रधानमन्त्री तथा कांग्रेसका सभापति शेरबहादुर देउवासँग प्रतिनिधिसभामा प्रतिस्पर्धा गरेका थिए । तर अहिले भने भट्ट मुख्यमन्त्री बनाउने सहमतीमै प्रतिनिधि सभा देउवालाई छाडेर डडेल्धुराबाट प्रदेशसभाको चुनाव लडेका थिए ।

भट्टले पनि प्रधानमन्त्री देउवा र पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको मुख्यमन्त्री बनाउने बाचाअनुसार प्रदेश सभामा आएको बताउँदै आएका छन् । ‘उहाँहरु -देउवा र प्रचण्ड) दुवै जनाको समझदारीले म प्रदेशसभामा चुनाव लडेको हुँ । उहाँहरुले बोल्दै हिड्नुभएको पनि हो नी,’ भट्टले भने, ‘उहाँहरु बीच हुने समझदारी र सहमतीले सबै कुरा टुंगिन्छ ।

माओवादीले प्रदेश संसदीय दलको नेता पनि सर्वसम्मत रुपले चयन गर्ने उनको दाबी छ । ‘म बाहेक विकल्प छैन भन्ने कुरा नभएको तर वैज्ञानिक र न्यायपूर्ण विकल्प यो हुन्छ भन्ने हो,’ भट्टले जन प्रहारलाई भनेका छन् ।

सुदूरपश्चिम प्रदेशसभामा ११ सदस्यसहित दोस्रो दल बनेको माओवादी केन्द्रमा केन्द्रीय सदस्य समेत रहेका भाट बर्षमान पुन निकट भएकाले उनीसँग चार जना प्रदेशसभा सदस्य उभिने सम्भावना रहेको नेताहरु बताउँछन् । भट्टलाई पाँच जनाले समर्थन गर्न सक्ने सम्भावना देखिन्छ ।

यस्तो अवस्थामा तटस्थ भूमिकामा देखिएका समानुपातिक सांसद लक्ष्मी बिक र जानकी कुँवर पौडेल निर्णयक बन्ने अनुमान गरिएको छ । तर कतिपय नेताहरु भने भाटले अहिले दाबी प्रस्तुत गरेपनि अन्तिम अवस्थामा खगराजलाई नै समर्थन जनाएर सर्वसम्मत नेता चयनको बाटोमा अघि बढ्ने बताउदै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४