Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

चीनमा अस्पतालहरु कोरोना संक्रमितले भरिभराउ ‘आइसीयुमा बिरामी राख्न पालो पर्खनु पर्ने अवस्था रहेको डब्लुएचओको भनाइ’


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, पुष ७ २०७९
  • 1.9K
    SHARES

काठमाडौं । चीनमा कोरोना संक्रमणको गति बढ्दै जाँदा त्यहाँका अस्पतालहरु बिरामीले भरिभराउ हुन थालेका छन् ।

चिनियाँ अधिकारीहरुले संक्रमितको संख्या तुलनात्मक रुपमा तलै रहेको दाबी गरिरहँदा विश्व स्वास्थ्य संगठनले चीनका अस्पतालहरु बिरामीले भरिन थालेको र आइसीयुमा बिरामी राख्न पालो पर्खनु पर्ने अवस्था रहेको जनाएको छ ।

डब्ल्युएचओका आकस्मिक शाखाका प्रमुख डा. माइल रायनले अस्पतालहरु भरिने क्रम बढेको सूचना आईरहेकाले यथार्थ विवरण उपलब्ध गराउन चिनियाँ अधिकारीहरुलाई आग्रह गर्नुभएको छ ।

हप्तौंदेखि चिनियाँ अधिकारीहरुलाई भाइरस संक्रमणको सही सूचना दिन भन्दै आएको जानकारी दिंदै उहाँले डब्ल्युएचओ आवश्यक प्रबन्धका लागि तयार रहेको बताउनुभयो ।

जेनेभामा बोल्दै डा. रायनले खोप नै एक मात्र बच्ने उपाय भए पनि एकीकृत रणनीति बिना यो भाइरसलाई जित्न सकिंदैन भन्नुभयो । चीनमा कोरोनाको ओमिक्रोन भेरियन्ट फैलिएको विश्वास गरिएको छ ।

चिनियाँ अधिकारीहरुले भने संक्रमण बढे पनि मृत्यु दर कम रहेको दाबी गर्दै आएका छन् ।

यसैबीच, चीनमा बस्ने प्रवासीलाई पहिलो पटक जर्मन खोप लगाइने भएको छ । चिनियाँ अधिकारीहरुले २० हजार प्रवासीहरुलाई जर्मन खोप लगाउने अनुमति दिएका हुन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४