Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कांग्रेस संसदीय दलको नेतामा देउवा कि थापा ? यस्तो छ सम्भावित अंकगणित


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, पुष ६ २०७९
  • 1.8K
    SHARES

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको नेतामा पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र पार्टीका महामन्त्री गगनकुमार थापाबीच प्रतिस्पर्धा हुँदैछ । उनीहरूले मंगलबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।

सभापति देउवाको प्रस्तावकमा बरिष्ठ नेता रामचन्द्र पौडेल रहेका छन् भने महामन्त्री थापाको प्रस्तावकमा अर्का बरिष्ठ नेता डा. शेखर कोइराला रहेका छन् । देउवालाई उपसभापति  पूर्णबहादुर खड्का समर्थक बसेका छन् । त्यस्तै, थापालाई उपसभापति धनराज गुरुङ महामन्त्री विश्वप्रकाश शर्मा र केन्द्रिय सदस्य प्रदीप पौडेलले समर्थन गरेका छन् ।

नेता रामचन्द्र पौडेल आफू नै संसदीय दलको नेताको आकांक्षी भएको दाबी गर्दै आएका थिए । तर, देउवा आफ्नो अडानबाट पछि नहटेपछि पौडेलले देउवालाई समर्थन गर्न बाध्य भएका हुन् ।

कोइराला समूहमा प्रदीप पौडेलको प्रवेश भएको छ । आफ्नो समर्थनमा जति सक्दो धेरै सांसद जुटाउने प्रयासमा कोइराला समूह रहेका बेला पौडेल पुगेका हुन् । दलको नयाँ नेता चयनका लागि आज बिहान ८ बजे निर्वाचन हुनेछ । संसदीय दलको नेता छान्न कांग्रेसले भीष्मराज आङ्देम्बेदे संयोजक रहेको तीन सदस्यीय निर्वाचन समितिका बनाएको छ ।

  • यस्तो छ सम्भावित अंकगणित

अहिलेसम्मको अवस्थामा देउवाको पक्षमा ५६ र थापाको पक्षमा ३३ जना सांसद उभिने देखिएको छ । तर, यो संख्यामा निर्वाचनको दिन तलमाथि हुनसक्छ । कांग्रेसका ८९ सांसदमध्ये मनाङबाट निर्वाचित टेकबहादुर गुरुङले भोट हाल्न पाउँदैनन् । अदालतमा मुद्दा विचाराधीन रहेकाले संस्थापन पक्षका उनी मतदानमा सहभागी हुने छैनन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४