Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एमालेका नवनिर्वाचित सांसदहरुको भेला आज ‘अध्यक्ष ओलीले निर्देशन दिने’


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, पुष ५ २०७९
  • 2.1K
    SHARES

काठमाडौं । नेकपा (एमाले) ले नवनिर्वाचित प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यका नवनिर्वाचित सांसदहरुको भेला आज मंगलबार बोलाएको छ ।

“एमाले जनताको रोजाइको पहिलो पार्टी” नाम दिएर भेला बोलाइएको हो । मंगलबार दिउँसो १२ बजे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानका निर्वाचित सांसदलाई संसदीय भूमिका प्रशिक्षित गराउनका लागि भेला आयोजना गरेको एमालेले जनाएको छ ।

पार्टीले संघीय संसद् तथा प्रदेश सभामा खेल्नुपर्ने भूमिकाका बारेमा नवनिर्वाचित सांसद र उम्मेदवारलाई जानकारी गराइने छ ।

भेलामा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेताले सम्बोधन गर्नेछन् । नेकपा एमालेले प्रतिनिधि सभाको प्रत्यक्षतर्फ ४४ वटा र समानुपातिक ३४ गरी कुल ७८ सिट प्राप्त गरेको छ । प्रदेशमा प्रत्यक्ष ९१ र समानुपातिक ७० सिटमा विजय प्राप्त गरेको छ ।

भेलामा नवनिर्वाचित सांसदहरुका साथै राष्ट्रिय सभामा एमालेका सांसदहरु, निर्वाचन परिचालन कमिटीका सदस्यहरू, पार्टीका केन्द्रीय सदस्यहरू तथा प्रदेश पदाधिकारीहरु र जनवर्गीय संगठनका पदाधिकारीहरुलाई पनि बोलाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४