काठमाडौं । संघीय संसदका नवनिर्वाचित सदस्यहरुको सपथ ग्रहण यही पुस ७ गते हुने भएको छ ।
नवनिर्वाचित सांसदहरुको सपथ नै नभई राष्ट्रपति विद्यादेवी भण्डारीले पुस १० गतेभित्र नयाँ सरकार गठन गर्न आह्वान गरेसँगै संसद सचिवाले पुस ७ गते सांसदहरुको सपथ ग्रहण कार्यक्रम तय गरेको छ ।
संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले पुस ७ गते अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा सपथको कार्यक्रम तय गरिएको जानकारी दिएका छन् ।
