Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

गठबन्धनमा प्रधानमन्त्रीको बहसः सभामुख लिए पहिलो, राष्ट्रपति लिए दोस्रो


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, मंसिर २० २०७९
  • 6.5K
    SHARES

काठमाडौं । सत्ता गठबन्धनले नयाँ सरकार गठनका लागि औपचारिक रुपमा छलफल थालेपनि नेतृत्वका लागि तम्सिएका नेपाली कांग्रेस र नेकपा माओवादी बीचमा पहिले प्रधानमन्त्री को बन्ने भन्ने बहस जारी नै छ । आलोपालो प्रधानमन्त्री प्रणालीमा जाने विषयमा कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादीका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’बीच सहमति भइसकेको छ । तर, पहिलो चरणमा प्रधानमन्त्री बन्ने विषयमा भने दुई दलबीच सहमति जुटिसकेको छैन् ।

नेताहरुको भनाईमा राष्ट्रपति र सभामुख कांग्रेस र माओवादीले लिने विषयमा गठबन्धनभित्र भने कुनै समस्या छैन् । कांग्रेसले राष्ट्रपतिसहित पहिलो प्रधानमन्त्रीको दावी कामय मै राखेको छ भने माओवादीले आफुलाई सभामुख दिने भए पहिलो प्रधानमन्त्री आफुले पाउनुपर्ने अडान राखिरहेको छ । माओवादी नेताहरुको भनाईमा सरकारको नेतृत्व आलोपालो गर्ने विषयमा देउवा र दाहालबीच यस अगाडि नै सहमति भइसकेको छ । तर पहिलो चरणमा को प्रधानमन्त्री हुने भन्ने विषय टुंगो लागेको छैन ।

कांग्रेस नेताहरुसँगको छलफलमा माओवादीले कांग्रेसले राष्ट्रपति राखे आफुहरुले पहिलो प्रधानमन्त्री चलाउने र कांग्रेसले सभामुख राखेर राष्ट्रपति दिए प्रचण्ड दोस्रो चरणमा प्रधानमन्त्री बन्न तयार हुने बताएको छ । कांग्रेसले पहिलो चरणमा प्रधानमन्त्री दावी गर्दा राष्ट्रपति आफूहरूले पाउनुपर्ने दावी माओवादीको रहेपनि कांग्रेसभित्रबाटै सभापति देउवालाई माओवादीलाई राष्ट्रपति दिन नहुने दवाव बढिरहेको छ । तर, राष्ट्रपति र प्रधानमन्त्री कांग्रेसलाई दिने कुरामा माओवादी सहमत छैन् ।

सोमबारको सत्तारूढ पाँचदलीय गठबन्धनका नेताहरुको छलफल मिलेर सरकार बनाउने कुरामा केन्द्रित भएको थियो । राष्ट्रपति र सभामुखका विषयमा कांग्रेस र माओवादीबीच नै पहिले सहमति हुनुपर्ने भएकाले पनि बैठकमा अन्य विषयहरु नउठेको बताइएको छ । गठबन्धनका नेताहरुले प्रधानमन्त्रीबारे निर्णय गर्ने जिम्मा कांग्रेस सभापति देउवा र माओवादी अध्यक्ष प्रचण्डलाई नै दिएका छन् । दुई दलबीच छलफल र सहमति नभईकनै देउवाले आफ्नै नेतृत्वमा सरकार गठन गर्न पहलकदमी अघि बढाइरहेका छन् । अध्यक्ष प्रचण्डले पनि प्रधानमन्त्रीमा आफ्नो दाबी रहेको सन्देश दिइरहेका छन् ।

सोमबारको गठबन्धन बैठकमा सहभागी एक माओवादी नेताले कसको नेतृत्वमा सरकार गठन हुने भन्दा पनि गठबन्धनलाई निरन्तरता दिने विषयमा सत्तारूढ दलहरूले प्रतिबद्धता जनाएका थिए । प्रधानमन्त्रीसहितका अरु महत्वपूर्ण र शक्तिशाली पदहरूको बाँडफाँटको विषयमा अनौपचारिक छलफल मात्रै चलिरहेको छ । अहिले अनौपचारिक रुपमा सहमति गर्दै जाने र संसदीय दल गठन भएपछि यस विषयमा औपचारिक छलफल गर्ने नेताहरुबीच सहमति भएको उनले बताए ।

सत्ता गठबन्धन अहिले अरु दलहरुलाई पनि सहभागी गराउने प्रयत्नमा रहेको छ । प्रधानमन्त्री देउवाले सीके राउत नेतृत्वको जनमत पार्टीसँग सहमति गरिसके पनि जनता समाजवादी (जसपा) र रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीसँगको छलफल जारी नै छ । उनीहरुलाई पनि मुख्य पदहरुको भाग लगाउनुपर्ने भएकाले पहिले साना भागबण्डाको काम सकेर ठूलातिर लाग्ने सोच पनि गठबन्धनका शीर्ष नेताहरुले बताएका छन् ।

जसपा र नागरिक उन्मुक्ति पार्टीसँग तत्काल सहमति नभएपनि जनमत जोडिएपछि सरकार निर्माणका लागि सत्ता गठबन्धनलाई आवश्यक बहुमत पुग्छ । देउवाले जनता समाजवादी पार्टी (जसपा) लाई समेत सरकारमा ल्याउन छलफल अघि बढाइसकेकाे नेताहरु बताउँछन् ।प्रतिनिधिसभा र प्रदेशसभा सीट बाँडफाँटमा कुरा नमिलेपछि गठबन्धनबाट अलग्गिएको जसपाले एमालेसँग चुनावी तालमेल गरेको थियो । जसपा अध्यक्ष उपेन्द्र यादवले आइतबार एमालेसँगको सहकार्य सकिएको घोषणा गरिसकेका छन् ।

कांग्रेस नेताहरुले भने गठबन्धनकै नेताहरुसँगको छलफलमा पनि ठूलो दलको हैसियतमा कांग्रेसले सरकारको नेतृत्व लिन पाउनुपर्ने बताउँदै आएका छन् । अन्य पावर सेयरिङका विषयमा पनि अब शीर्ष नेताबीच अनौपचारिक रुपमा एकपक्षीय, दुईपक्षीय छलफल भइरहेको उनीहरुको भनाइ छ । तर, समझदारी कुन विन्दुमा हुन्छ भन्ने अहिले नै एकिन भने भएको छैन् । तर, जता छलफल चलाए पनि मुख्य गााँठो भने मुख्य तीन पदमै देखिएको छ ।

कांग्रेसले दावी गरेअनुसार मााओवादीलाई मनाउन नसके उसले भनेकै कुरामा सहमति गर्नुपर्ने अवस्था पनि आउने देखिएको छ । माओवादीले कांग्रेसबाट पहिलो चरणमा सरकारको नेतृत्व गर्ने भए राष्ट्रपति आफुलाई चाहिने नत्र कांग्रेसले राष्ट्रपति राखे सभामुखसहित पहिलो चरणमा प्रचण्ड प्रधानमन्त्री बन्ने सर्त अघि सारेको छ । यसलाई गठबन्धनका अरु दलले खासै चासो पनि दिएका छैनन् । उपराष्ट्रपति र राष्ट्रियसभाको अध्यक्षमा भने अरु दलले पनि दावी गरिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४