Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भावी प्रधानमन्त्री, राष्ट्रपति, सभामुख सबै पदको प्याकेज गृहकार्यमा सत्ता गठबन्धन


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, मंसिर १९ २०७९
  • 5.3K
    SHARES

काठमाडाैं । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन परिणाम घोषणा सकिन लाग्दै गर्दा राजनीतिक वृत्तमा मुलुकको भावि कार्यकारी प्रमुख र राष्ट्राध्यक्षसहित मुख्य पदाधिकारी को को हुने प्याकेजमा पद बाँडफाँटको नेगोसिएसनले तीव्रता लिन थालेको छ ।

निर्वाचन परिणामले अहिलेको सत्ता गठबन्धनलाई झिनो बहुमतको सुविधा दिने संभावना नजिक हुँदै गएकाले प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्व प्रधानमन्त्रीहरू माधवकुमार नेपाल र पुष्पकमल दाहाल नै राजकीय पदहरूको खटनपटन गर्ने मुख्य भूमिकामा पुन:स्थापित भएका छन ।

स्वतन्त्र समाचार सेवालाई प्राप्त विश्वस्त सूत्रको जानकारी अनुसार देउवा, दाहाल र नेपालले आ-आफ्नो नजिकका सुत्रधारहरूलाई सबै राजकीय पदको बाँडफाँट प्याकेजमा गर्न आवश्यक तयारीका लागि गृहकार्य गर्ने जिम्मेवारी दिएका छन । कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, पूर्व अर्थमन्त्री जनार्दन शर्मा र नेकपा समाजवादीका तर्फबाट पूर्व मन्त्री शेरबहादुर कुँवरले प्रारम्भिक गृहकार्यको जिम्मेवारी पाएको बताइन्छ तर औपचारिक रूपमा यसबारे कुनै पनि दलले केही बताएका छैनन् ।

सुत्रका अनुसार, प्रधानमन्त्री, राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख सात मुख्य मन्त्रीहरू, राष्ट्रियसभाको उपाध्यक्ष, मुख्यमुख्य मन्त्री पद, प्रदेश प्रमुख, प्रदेशका सभामुख र उपसभामुख तथा मुख्य–मुख्य मन्त्रीपदहरू, समेत एउटै प्याकेजमा राखेर गठबन्धनका दलहरू र थपिन सक्ने दलहरूको बीचमा भागबण्डा गर्न सकिने संभावनाबारे गृहकार्य गर्न ती नेताहरूलाई भनिएको छ । प्रदेश १, मधेश र लुम्बनीमा समेत गठबन्धनकै सरकार बनाउन सक्ने उपायको खोजी पनि सोही समूहले गर्ने गरी गृहकार्य अगाडि बढेको बताइन्छ ।

आगामी सरकार जसरी पनि वर्तमान गठबन्धनकै बनाउने सुनिश्चितताका लागि गठबन्धनमा थप दलहरू थप्ने योजना अन्तर्गत नै पहिलो प्राथमिकतामा नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीलाई राखिएको र ती दलसँग संवाद सुरु भइसकेको जानकारी सो सूत्रले दिएको छ ।

नागरिक उन्मुक्तिसँग स्वतन्त्र एकसहित ४ जना संघीय सांसद र सुदूर पश्चिम प्रदेश तथा लुम्बिनी प्रदेशमा सरकार बनाउन सहयोगी हुने संख्या रहेको र जनमत पार्टीसँग मधेश प्रदेशमा निर्णायक स्थिति रहेकाले सत्ता गठबन्धनले ती पार्टीलाई नजर लगाएको हो ।

‘संविधानको रक्षा’ मूल नारा भएको सत्ता गठबन्धनले सैद्धान्तिक रूपमा राप्रपा, एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीलाई भन्दा जनता समाजवादी पार्टीलाई प्राथमिकतामा राख्ने र उपेन्द्र यादवको पराजयपछि अशोक राई सो पार्टीको नेता हुनुहुने स्थितिलाई गठबन्धनले आफू अनुकुल हुने सम्झेको छ ।

प्रधानमन्त्री देउवाले उपसभापति खड्कालाई यस राजनीतिक रणनीतिको लागि अर्का नेता रामचन्द्र पौडेलसँग पनि समन्वय गर्न भनेको र पौडेललाई पनि यस प्रक्रियाको कोर टिममा उपयोग गर्ने राणनीति लिएको देखिन्छ । वर्तमान सत्ता गठबन्धनको सैद्धान्तिक सुत्रधार पौडेल नै भएकाले उहाँलाई न चिढ्याउन पुष्पकमल दाहालले देउवालाई सजग गराएको सुत्र बताउँछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४