Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

माओवादीले गठबन्धनको विकल्प सोचेको छैन : महासचिव गुरुङ


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, मंसिर १८ २०७९
  • 2.1K
    SHARES

काठमाडौं । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले आफूहरुले सत्ता गठबन्धनको विकल्प नखोजेको बताएका छन् ।

आइतबारको पदाधिकारी बैठकपछि संवाददाताहरुसँग बोल्दै उनले सरकार गठनका लागि मा सत्तारुढ गठबन्धनको विकल्प नखोजेको बताएका हुन्  । ‘अहिले गठबन्धनको विकल्पका बारेमा छलफल भएको छैन, गठबन्धन यथावत भएकाले त्यहीँबाट प्रयास हुने कुरा स्वभाविक भइहाल्यो’ उनले भने ।

सत्तारुढ गठबन्धनमा भएका दलहरुसँग छलफल नै नभएको भन्दै महासचिव गुरुङले गठबन्धन तोडिनुपर्ने कुनै कारण नभएको बताएका छन् । ‘गठबन्धनमा विमति, असहमति भइसकेको अवस्था त होइन, गठबन्धन तोड्नुपर्छ भन्ने कुरा त होइन, पार्टीले गठबन्धनको विकल्प सोचिसकेको छैन’ उनले भने ।

शनिबार माओवादी पदाधिकारी बैठकपछि उपाध्यक्ष कृष्णबहादुर महराले सरकार गठनका लागि सबै विकल्प खुला गरेको बताएका थिए । तर महासचिव गुरुङले उपाध्यक्ष महराको भनाइ सच्याएका छन् । ‘हिजो कुन प्रसँग, सन्दर्भमा कुरा प्रकट भए । तर, सरकार गठन, विकल्पका बारेमा केही कुरा भएकै छैन’ महासचिव गुरुङले भनेका छन् ।

उनले चुनावको समीक्षामा बैठक केन्द्रित भएको बताए । ‘सरकार गठनका बारेमा प्रवेश गरेका छनौं,’ गुरुङले भने, ‘विकल्पका बारेमा त झन् प्रवेश हुने कुरै भएन ।’

चुनावको प्रारम्भिक समीक्षा गरेको माओवादीले सत्तारुढ गठबन्धन केही कमी कमजोरीका बाबजुद मूलभूत रुपमा सफल भएको प्रारम्भिक निश्कर्ष निकालेको बताएका छन् । ‘निर्वाचनबाट कतिपय सन्दर्भमा अपेक्षाकृत परिणाम नआए पनि मूलभूत रुपमा सफल र परिणाममुखी भएको छ’ उनले भने, ‘निर्वाचनमा थोरै तलमाथि त हुन सक्छ । यसलाई स्वीकार गरेर अगाडि बढ्नुपर्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४