Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

समानुपातिकतर्फ एक करोड २ लाख ८२ हजार मत गनिदा कांग्रेसभन्दा १ लाख २८ हजारले एमाले अगाडी


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, मंसिर १५ २०७९
  • 2.4K
    SHARES

काठमाडौं । मंसिर ४ मा सम्पन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचन अन्तर्गत समानुपातिकतर्फको मतगणना जारी छ । बिहीबार अपराह्नसम्मको परिणाम अनुसार प्रतिनिधिसभा समानुपातिकतर्फ नेकपा एमालेको अग्रता कायमै छ । प्रदेश नं १, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको समानुपातिकमा पनि एमाले अगाडि छ ।

हालसम्मको एक करोड दुई लाख ८२ हजार सात सय १९ सदर मतमध्ये एमालेले प्रतिनिधिसभातर्फ २७ लाख ३५ हजार आठ सय १७ मत प्राप्त गरेको छ । नेपाली कांग्रेसले २६ लाख सात हजार आठ सय ३१, नेकपा माओवादी केन्द्रले ११ लाख ५७ हजार चार सय ४९ र राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख १० हजार सात सय ६३ मत प्राप्त गरेको छ ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ८२ हजार आठ सय ७५, जनता समाजवादी पार्टी नेपालले ४ लाख १९ हजार चार सय ५७, जनमत पार्टीले ३ लाख ९३ हजार एक सय ७४, नेकपा एकीकृत समाजवादीले २ लाख ९३ हजार छ सय २९, नागरिक उन्मुक्ति पार्टीले २ लाख ६९ हजार एक सय ७० मत प्राप्त गरेको छ ।

प्रदेशसभा अन्तर्गत प्रदेश नं १ मा एमालेले ६ लाख ३२ हजार सात सय चार, कांग्रेसले ५ लाख ३२ हजार आठ सय ४५, राप्रपाले एक लाख ९१ हजार सात सय ७१ र माओवादी केन्द्रले एक लाख ७७ हजार सात सय २१ मत प्राप्त गरेको छ ।

मधेसमा कांग्रेसले ३ लाख ९९ हजार पाँच सय ८९, एमाले तीन लाख ५१ हजार दुई सय ८४, जनमत पार्टीले तीन लाख २४ हजार तीन सय ३३, जसपा नेपाल एक लाख ९६ हजार तीन सय ४०, माओवादी केन्द्रले एक लाख ८० हजार एक सय चार, एकीकृत समाजवादीले एक लाख १३ हजार पाँच सय ९० र लोकतान्त्रिक समाजवादी पार्टी नेपालले एक लाख १२ हजार तीन सय ४४ मत प्राप्त गरेको छ ।

बागमतीमा एमालेले ५ लाख ५४ हजार छ सय ६२, कांग्रेसले ४ लाख ६३ हजार पाँच सय २८, माओवादी केन्द्रले २ लाख ६९ हजार दुई सय ५४ र राप्रपाले २ लाख ६६ हजार सात सय ४२ तथा गण्डकीमा एमालेले ३ लाख ४२ हजार आठ सय ७२, कांग्रेसले ३ लाख १९ हजार चार सय नौ र माओवादी केन्द्रले १ लाख १५ हजार चार सय आठ मत प्राप्त गरेको छ ।

लुम्बिनीमा एमालेले ५ लाख ७० हजार नौ सय २१, कांग्रेसले ४ लाख ९९ हजार नौ सय ८६, माओवादी केन्द्रले १ लाख ९८ हजार चार सय ५०, राप्रपाले १ लाख २७ हजार चार सय ५२ र नागरिक उन्मुक्ति पार्टीले १ लाख २५ हजार पाँच सय २१ मत प्राप्त गरेको छ ।

कर्णालीमा एमालेले १ लाख ८३ हजार नौ सय ५०, कांग्रेसले १ लाख ७० हजार सात सय ५६, माओवादी केन्द्रले १ लाख ३७ हजार छ सय २९ तथा सुदूरपश्चिम प्रदेशमा एमालेले २ लाख ४८ हजार आठ सय ४०, कांग्रेसले २ लाख ४३ हजार ३९ र माओवादी केन्द्रले १ लाख १८ हजार नौ सय तीन मत प्राप्त गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४