काठमाडौं । प्रतिनिधिसभा सदस्यमा काठमाडौं क्षेत्र नं. ४ बाट नेपाली कांग्रेसका लोकप्रिय युवा नेता तथा महामन्त्री गगन कुमार थापा विजयी भएका छन् ।
उनले नेकपा (एमाले)का नेता राजन भट्टराई ठूलो मतान्तरले परािजत गरेका छन् ।
डा.भट्टराई नेकपा एमालेमा प्रभावशाली नेता मानिन्छन् । उनी पार्टी अध्यक्ष केपी शर्मा ओलीका ‘किचन क्याबिनेट’ सदस्यको रुपमा पनि चिनिन्छन् ।
सुरुमा समानुपातिक कोटामा नाम राखिएका उनले ओलीकै दबाबमा प्रतिनिधिसभा सदस्यमा टिकट लिएका थिए ।
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन यही आइतबार सम्पन्न भएको थियो ।