Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एक वर्षमै १२ हजर पुगे कोरिया


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, मंसिर २ २०७९
  • 1.8K
    SHARES

काठमाडौं । वैदेशिक रोजगारीमा नेपाली युवाको आकर्षक श्रम गन्तव्य बनेको दक्षिण कोरियामा एक वर्षमै १२ हजार नेपाली गएका छन् । यी सबै रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत गएका हुन् । कोभिड महामारीपछि दक्षिण कोरियामा विदेशी श्रमिकको अभाव भएको छ । कामदार आपूर्तिका लागि कोरियाले पहिले दिएको कोटामा थप संख्या बढाएका कारण धेरै नेपाली कोरिया जान पाएका हुन् ।

अघिल्ला वर्षहरूमा वार्षिक औसत ७ हजारको संख्यामा नेपाली जाने गरेका थिए । पछिल्लो एक वर्ष (कात्तिकदेखि कात्तिकसम्म) ५ हजार नयाँ थपिएर १२ हजार जना पुगेको हो । वैदेशिक रोजगार विभाग ईपीएस शाखा प्रमुख पुष्पराज कटुवालले कोरियाले आगामी वर्षका लागि नेपाल लगायत विभिन्न १६ राष्ट्रबाट १ लाख भन्दा बढी श्रमिक भित्र्याउने योजना बनाएको जानकारी दिए ।

‘कोरियाले आगामी वर्षबाट देशगत रुपमा कोटा निर्धारण नगर्ने नीति लिएको छ । यसले धेरै नेपाली युवाले कोरिया रोजगारीको अवसर पाउने देखिएको छ, प्रमुख कटुवालले कारोबारसँग भने कोरियाले कोटाको सट्टा जसले छिटो श्रमिक पठाउँछ, त्यही देशबाट धेरै दिने नीति लिएको छ ।’

याे समाचार आजकाे काराेबार दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४