Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

विश्वप्रकाश शर्माले निर्वाचन आचारसंहिता उल्लंघन नगरेको निर्वाचन आयोगको ठहर


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, कार्तिक ३० २०७९
  • 3.3K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवम् झापा क्षेत्र नं. १ का उम्मेदवार विश्वप्रकाश शर्माले निर्वाचन आचारसंहिता उल्लंघन गरेको पुष्टि नभएको निर्वाचन आयोगले निष्कर्ष निकालेको छ ।

उम्मेदवार शर्माले अग्निपीडि केशव निरौलालाई ११ हजार रुपैयाँ आर्थिक सहयोग गरेको विषयलाई विजय दाल्मियाले निर्वाचनको बेला अग्नि पीडितलाई नगद सहयोग गरेर शर्माले निर्वाचन आचारसंहिता विपरीत कार्य गरेको भन्दै आफ्नो सामाजिक संजाल फेसबुकमा रकम हस्तान्तरण गर्दैगरेको तस्बिर पोष्ट गरेको विषयमा परेको उजुरीमाथि निर्वाचन आयोगले यस्तो निष्कर्ष निकालेको हो ।

उजुरी परेपछि आयोगले शर्मालाई स्पष्टिकरण सोधेको थियो । स्पष्टिकरणको जफावमा शर्माले निर्वाचनमा मतदातालाई प्रभावित पार्न नभई आफ्नी आमाको पुण्य स्मृतिमा विशुद्ध मानवीय भावनाले आगलागीका पीडितलाई आर्थिक सहयोग प्रदान गरेको र अरु दुई लाख ५० हजार रुपैयाँ सोही पीडितलाई प्रदान गर्न अमेरिकाबाट मुनिन्द् नेम्वाङको नेतृत्वमा पहिल्यै जम्मा भएको कम दिइएको र रकम हस्तान्तरण गर्दा कुनै किसिमका सार्वजनिक कार्यक्रम नगरिएको विषय खुलाएका थिए । जवाफमा मानवीय भावनाले गरिएको सहयोगलाई कुनै दोस्रो व्यक्तिले सामाजिक संजालमा तस्बिर पोष्ट गर्दैमा आचारसंहिता उल्लंघन गरेको भन्न नमिल्ने जिकिर गरिएको थियो ।

उजुरी र जवाफको अध्यायनपछि आयोगले शर्माबाट भएको उक्त रकम हस्तान्तरण कार्य र मिसिलमा उप्लब्ध कागजात र प्रमाणबाट आचारसंहिता उल्लंघन हुन गएको भन्ने उजुरी वस्तुगत रुपमा पुष्टि हुन नसकेको ठहर गर्दै उजुरी तामेलीमा राख्ने निर्णय आयोगका केन्द्रीय आचारसंहिता अनुगमन समिति संयोजक रामप्रसाद भण्डारीद्वारा आदेशमा उल्लेख छ ।

निजको उक्त कार्यबाट निर्वाचन आचारसंहिता उल्लंघन हुन गएको भन्ने कुरा वस्तुगत रुपमा पुष्टि हुन सकेको देखिएन’ आयुक्त रामप्रसाद भण्डारीद्वारा जारी आदेशमा आयोगको भनिएको छ, ‘मिसिलमा संलग्न कागजातहरु र निज विश्वप्रकाश शर्माबाट पेश भएको स्पष्टिकरण जवाफ समेतबाट निर्वाचन आचारसंहिता २०७९ विपरीतको कार्य गरेको पुष्टि हुन आएको नदेखिँदा प्रस्तुत उजुरी तामेलीमा राखिदिने ठहर्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४