Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

धनुषाका एसपी रजौरेलाई विभागीय कारबाही गर्न आईजीपीको निर्देशन


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, कार्तिक २९ २०७९
  • 3.1K
    SHARES

काठमाडौं । निर्वाचनको पूर्वसन्ध्यामा धनुषाका एसपी वसन्त रजौरेमाथि कारवाहीको तयारी भएको छ । प्रहरी प्रधानकार्यालयले विभागीय कारबाही गर्न मधेस प्रदेश प्रहरी कार्यालयलाई निर्देशन दिएपछि मधेश प्रदेश कार्याललयले एसपी रजौरेमाथि कारवाहीको तयारी भएको हो ।

दाङ स्थायी घर भएका एमाले नेता एवं पूर्वमन्त्री गणेश पहाडीका नातामा ज्वाई पर्ने एसपी रजौरेले मातहतमा राम्रोसँग निगरानी र नियमन गर्न नसकेको आरोपमा उनीमाथि कारबाही गर्न प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले मधेस प्रदेशका प्रहरी प्रमुख मसउद आलम खाँलाई निर्देशन दिएको स्रोतको दावी छ ।

प्रदेशस्तरीय सुरक्षास्तरीय गोष्ठी चलिरहेकै वेला गत साता धनुषामा कार्यरत प्रहरी नायब निरीक्षक घुससहित पक्राउ परेका थिए । नगराइन नगरपालिका–२ जटहीस्थित पसलबाट चार हजार घुस लिँदै गर्दा नायब निरीक्षक देवकीलाल चौधरीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले १७ कात्तिकमा रंगेहात पक्राउ गरेको थियो । त्यसवेला गृहमन्त्री बालकृष्ण खाण, गृहसचिव विनोदप्रकाश सिंह, आइजिपी सिंहलगायत उच्च प्रहरी अधिकारी सुरक्षा गोष्ठीका लागि धनुषामै पुगेका थिए । उनीहरु त्यही भएका बेला अख्तियारले छापा मारेको थियो ।

मातहतमा राम्रो कमान्ड गर्न नसकेको भन्दै एसपी रजौरेमाथि कारबाही गर्न सुरक्षा सम्मेलनपछि महानिरीक्षक सिंहले निर्देशन दिएको भएपनि चुनावलाई लक्षित गरेर मात्रै रोकिएको थियो । पछिल्लो केही महिनायता मधेसका सीमानाकामा विकृति बढेको उजुरी प्रहरी प्रधान कार्यालयमा परेको छ ।

उनी रहेका बेला धनुषा लगायतका स्थानमा प्रहरीले घुस मागेको जस्ता उजुरीहरु प्रहरी प्रधान कार्यालयका परेको थियो । प्रहरी प्रधान कार्यालयले धनुषा, महोत्तरी, पर्सा, सर्लाही र सिराहमा पनि निगरानी गर्न मधेश प्रदेश कार्यालयलाई निर्देशन दिएको छ । मधेश प्रदेशका डिआइजी खाँ माथि पनि प्रहरी प्रधान कार्यालयले सुक्ष्मगतिमा निगरानी बढाएको स्रोतको दावी छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४