Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

“जहाँ राम राम, त्याहा कान्छाराम”–ढुंगेल


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, कार्तिक २८ २०७९
  • 3.4K
    SHARES

काठमाडाैं । नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि धु्रवहरी ढुंगेलले जहाँ राम राम त्याहा कान्छाराम आइपुग्ने बताउनु भएको छ । सो कुरा उहाले पकरवासको गोगनपानीमा आइतवार आयोति बृहत चुनावी सभाका अबसरमा बताउनुभएको हो ।

उहाले भन्नुभयो– “जव जव आपत विपद परेर हामी राम राम भन्छौ, त्याहा कान्छाराम आइपुग्छन । कोहि भिरवाट वा घास झार्न गएको रुख बाट लड्यो, महिलाहरुलाई प्रशव बेदनाले सुत्केरी हुन नसकेर छटपटि भयो भने त्यहा कान्छारामको हेलिकक्टर आइपुग्छ । त्यति मात्र हैन काठमाण्डौ लानुपर्ने बिरामी भयो भने विरामीको घरमै उनको एम्बुलेन्स आइपुग्ने भएकोले जहा राम राम त्याहा कान्छाराम भनिएको हो ।”

आफ्ना भाइ कैलाश ढुंगेल प्रति लक्षित गदै उहाले भन्नुभयो – “नेकपा एमालेले रामेछाप जिल्लामा ४८ साल देखि ७९ साल सम्म अरुलाई अबसर नदिने नेतालाई बा भनेर बोकेर हिड्ने कार्यकर्ताहरु लाई बेकुफ को सज्ञा दिनुभयो ।”

२०४८ देखि हाल सम्म पार्टिवाट सांसदको टिकट पाएका र हालसम्मका जिल्ला सभापतिहरुको नामावली सुनाउदै उहाले काँग्रेस मात्र त्यस्तो पार्टि हो जसले पार्टि भित्र पनि फरक–फरक ब्यक्तिलाई नेतृत्व गर्न दिने र सांसद हुने अबवर हरेक चुनवामा फरक फरक पात्रलाई दिने गरेको बताउनुभयो । उहाले भन्नुभयो– राजतन्त्र वोकेर हिड्ने,आफ्नो चुनाव चिन्ह राप्रपा लाई बेच्ने र २÷२ पटक सम्म संसद बिघटन गरी संबिधानको उल्लङघन गर्ने एमालेको अस्तित्व समाप्त भैसकेको पनि बताउनुभयो ।

सो अबसरमा बोल्दै प्रमुख अतिथि एबं प्रतिनिधि सभाका निवर्तमान सांसद एबं पूर्व गृह राज्य मन्त्री श्याम कुमार श्रेष्ठले नेकपा एमालेले हार स्वीकार गरेर भागिसकेको भन्दै गठबन्धनको जित सुनिश्चित भएको बताउनुभयो । कार्यक्रमका अबसरमा बोल्दै नेपाली काँग्रेसका पूर्व पार्टि सभापति रामचन्द्र खड्काले अब गठबन्धनको जित बिना मुलुकको समृद्धि नहुने भएकोले जिल्लामा पर्याप्त बिकास ल्याउन पनि गठबन्धनको जित अत्यावश्यक भएकोले सबैले गठबन्धनलाई मत दिएर जिताइदिन आग्रह गर्नुभयो ।

सो अबसरमा बोल्दै प्रतिनिधि सभा सदस्यका उमेद्वार पूर्ण बहादुर तामाङ कान्छारामले आफूलाई प्रतिनिधि सभा र तारानारायण श्रेष्ठ एबं युवराज चौलागाई लाई क्रमशः प्रदेश सभा क र ख मा जिताइदिन आग्रह गर्नुभयो । उहले भन्नुभयो –“मेरो नेतृत्वको टिमलाई भोट दिनुस म जितेर गएपछि बिकास लिएर आउछु । ”आफ्नो जित पक्का पक्कि भैसकेको तर अत्याधिक बहुमत ल्याएर जित्न आफुलाई रहर लागेकोले सबैले मत हालिदन अनुरोध गर्नुभयो ।

कार्यक्रमका अबसरमा बोल्दै प्रतिनिधि सभा ख का उमेद्वार युवराज चौलागाँईले आफुले जितेको खण्डमा प्रदेश मार्फत जिल्लामा धेरै विकास निर्माणका कामहरु गर्ने बताउनुभयो । उहाले यस पालिकाका नेपाली काँग्रेसका पूर्व पार्टि सभापति स्व.मिन बहादुर भण्डारी र स्व.रामहरी ढुंगेलको सम्झना गर्दै पकरवास पनि काँग्रेसको उर्वर भुमी भएकोले स्वर्गिय ढुंगेल र भण्डारीको बिरासत जोगाई उहाहरुले देखाएको बाटो मा लाग्न खाडादेवी गाँउपलिका वासी सबैलाई अनुरोध गर्नुभयो ।

नेपाली काँग्रेस प्रदेश सभा ख का सभापति राजेश कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमका अबसरमा समानुपातिक तर्फका उमेद्वारहरु मुक्त बहादुर महते, सुनिता गौतम, उज्जलराम घिमिरे, गंगा बुढाथोकी नेपाली काँग्रेसका निवर्तमान सभापति लवश्री न्यौपाने, नेकपमा माओवादी केन्द्रका धावा लामा, संबिधान सभा सदस्य डिल्लीमान तामाङ, लक्ष्मी गुरुङ, रामकृष्ण लामा, नेपाली काँग्रेसका पुर्ब माहाधिवेशन प्रतिनिधि कृष्ण बहादुर महत, वर्तमान महाधिबेशन प्रतिनिधि विरवहादुर तामाङ, अर्जुन केशी, स्थानीय नेता रामकृष्ण ढुंगेल, राजनारायण श्रेष्ठ लागाएतले आ-आफ्नो मन्तब्य राख्दै यो पटक लोकतान्त्रिक गठबन्धनलाई जिताउन सबैलाई आग्रह गरेका थिए ।

कार्यक्रममा सहभागि हुन हजारौको संख्यामा आएका कार्यकर्ताहरुले उमेद्वारहरुलाई १ सय १ के जिको संयुक्त माला लगाइदिएर भब्य स्वागत गरेका थिए भने सो अबसरमा बिभिन्न सास्कृतिक कार्यक्रमका प्रदर्शन गरिनुका साथै, धामी झाक्री नाच, तामाङ सेलो नाच र पञ्चेवाजाले पनि स्वागत गरिएको थियो

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४