Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अरु जिल्लराम जित कान्छाराम – कुशल


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, कार्तिक २७ २०७९
  • 4.9K
    SHARES

काठमाडौं । रामेछापका निवर्तमान प्रतिनिधि सभा सदस्य एबं पूर्व गृह राज्य मन्त्री श्याम कुमार श्रेष्ठ, कुशलले अरु जिल्लराम जित कान्छाराम भएको बताउनुभएको छ । सो कुरा उहाले मन्थली नगरपालिका वडा नं –२ र ३ को कठजोर चउरमा सम्पन्न संयुक्त चुनावी सभाका अबसरमा बताउनुभएको हो ।
उहाँले रामेछाप जिल्लामा कान्छारामको नेतृत्वमा रहेको गठबन्धनको टिमले जितिसकेको अब औपचारिक घोषणा गर्न मात्र वाँकी रहेको बताउनुभयो ।

उहाले कठजोर काँग्रेसको उर्वर भूमि भएकाले यस भूमिबाट पनि गठबन्धनलाई अध्याधिक मत झर्ने बिश्वास गर्नुभयो । मन्थली नगर निर्वाचन परिचालन समितिका संयोज एबं नेपाली काँग्रेस मन्थली नगरपालिकाका सभापति शंकर प्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा बोल्दै प्रतिनिधि सभा का उमेद्वार कान्छाराम तामाङ ले साहित्यकार कृष्ण लाल अधिकारी काँग्रेसका नेता पद्म शंकर अधिकारीको गृह रहेको ठाउ कठजोर प्रति आफ्नो छुट्टै सद्भाव रहेको भन्दै आफुले जितेर गएपछि कठजोरको बिकासका लागि आफु लागिपर्ने बताउनुभयो ।

सो अबसरमा बोल्दै प्रदेश सभा ख का उमेद्वार युवराज चौलागाँइले यस अघि माओवदीले गरेका केहि कमी कमजोरीका बारेमा माफी माग्दै आफुले जितेर गएपछि जिल्लामा बिकास ल्याउने काम मात्र आफ्नो हुने वताउनुभयो । उहाले चुनाव जितेर गएपछि जिल्ला र गाँउ नफर्कने , जिताएर पठाएका नेताहरु को आवाज संसदमा नसुनिने समस्या नहुने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।

कार्यक्रमका अबसरमा बोल्दै प्रदेश सभा क का उमेद्वार तारानारायण श्रेष्ठले आफु पनि यहि भूमिको भएको भन्दै आफुलाई कठजोर वासी सवैले माया गरेर पर्याप्त मत दिनुहुनेछ भन्ने अपेक्षा रहेको बताउनुभयो । उहाले भन्नुभयो– यस अघि मलाई यहाहरुले २०६४ सालमा संबिधान सभा सदस्य मा निर्वाचित गरेर पठाउनु भएको मा धन्यवाद दिदै सो समय विकास निर्माणका काम गर्ने भन्दा पनि संबिधान निर्माण तर्फ लागेकोले चाहे जति विकास आफुु संबिधान सभा सदस्य हुँदा ल्याउन नसकेपनि अब जितेर गएपछि खोसेरै भएपनि बिकास ल्याउने बताउनुभयो ।

आजै मन्थली नगरपालिका वडा नं ७ भटौलीमा पनि चुनावी सभा सम्पन्न भएको छ । त्याहा बोल्ने अधिकांस नेताहरुले गठबन्धनको जित सुनिश्चित भैसकेको भन्दै अब तपाइहरुको कहा कहा कस्तो किकास ल्याउनु पर्छ टिपोट गरेर दिन आग्रह गरे । कार्यक्रममा सो वडाका २५ जना भन्दा बढि बिभिन्न पार्टि परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गरेका थिए ।

नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नं ७ का वडा सभापति वल बहादुर तामाङ को अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रतिनिधि सभा सदस्यका उमेद्वार कान्छाराम तामाङ, प्रदेश सभा ख का उमेद्वार युवारज चौलागाँई स्थानीय लाल बहादुर तामाङ, शुक्र माझी, श्रीबहादुर माझी, दिपक प्रसाई, लगाएतले आ आफ्नो मन्तब्य राखेका थिए ।

कार्यक्रमका अबसरमा सो वडाका अमृत बहादुर खड्कालाई मन्थली नगरको आमन्त्रीत सदस्यमा मनोनित गरिएको पत्र जिल्ला पार्टि सभापति कान्छाराम तामाङले हस्तान्तरण गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४