Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

शिखर सम्मेलनमा सहभागी हुन वाइडेन कम्बोडियातर्फ प्रस्थान


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, कार्तिक २६ २०७९
  • 1.6K
    SHARES

एजेन्सी । दक्षिणपूर्वी एशियाली राष्ट्रहरूको सङ्गठन ‘आसियान’को शिखर सम्मेलनमा सहभागी हुन अमेरिकी राष्ट्रपति जो वाइडेन अमेरिकाबाट कम्बोडियातर्फ प्रस्थान गरेका छन् । आसियान क्षेत्रमा चिनियाँ प्रभाव विस्तार भइरहेको सन्दर्भमा अमेरिकी राष्ट्रपतिले त्यसलाई सन्तुलनमा राख्न सदस्य देशसँग अमेरिकी प्रतिबद्धता जाहेर गर्नेछन् ।

अमेरिकी राष्ट्रपतिको शिखर सम्मेलनमा भाग लिनुको प्रमुख उद्देश्य आर्थिक एवम् सैन्य सामथ्र्यका दृष्टिले शक्तिशाली प्रतिद्वन्द्वी चीनका राष्ट्रपति सी चिनफिङसँगको प्रत्यक्ष भेटवार्ताका निम्ति वातावरण बनाउनु हो । राष्ट्रपतिमा निर्वाचित भएपछि उनले आफ्ना चिनियाँ समकक्षीलाई प्रत्यक्षरूपमा भेटने कार्यक्रम रहेको छ ।

यही कात्तिक २९ र ३० गते इण्डोनेशियाको बालीमा हुने विश्वका प्रमुख विकसित र उदीयमान अर्थतन्त्रलाई जोड्ने रणनीतिक बहुपक्षीय मञ्च जी ट्वेन्टी शिखर सम्मेलनका क्रममा उनले यही कात्तिक २८ गते चीनका राष्ट्रपति सी चिनफिङलाई भेट्ने कार्यक्रम छ ।

शनिबार यहाँ आएका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले समुद्रमा चीनका अवैध एवम् अनियमित गतिविधि तथा समुद्रमा जहाज सञ्चालन गर्न पाउने स्वतन्त्रतालगायत विषयमा आसियान नेतासँग राष्ट्रपति वाइडेनले छलफल गर्ने बताएका छन् । दक्षिण चीन सागरको विवादलाई लिएर उनले आसियान नेतासँग बेइजिङविरुद्ध अमेरिकी दृढता व्यक्त गर्ने सल्लाहकार सुलिभानले बताए ।

अन्तर्राष्ट्रिय कानुनअनुसार समुद्रमा र त्यसमाथिको आकाशमा जहाज सञ्चालन गर्न पाइन्छ तर चीनले त्यसलाई अस्वीकार गर्दै आएको छ । त्यसबाट अस्थिरता हुने चीनको बुझाइ छ र यसै विषयमा चीन र अमेरिकाबीच विवाद छ । आसियान र अन्य देशका लागि प्रतिकूल हुने काम गर्न नहुने र यस क्षेत्रको स्थायित्वका निम्ति अमेरिकी भूमिका मुख्य हुने सल्लाहकार सुलिभानले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४