Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेवार समुदायले मनाए सकिमा पुन्ही


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, कार्तिक २३ २०७९
  • 2K
    SHARES

काठमाडौं। काठमाडौंका उपत्यकाका नेवार समुदायले कृषिमा आधारित पर्व सकिमा पुन्ही मनाएका छन् ।

कार्तिक शुक्ल पूर्णिमाका दिन काठमाडौं उपत्यकाका नेवार समुदायले नयाँ गेडागुडीबाट विभिन्न देवीदेवता, जात्रा र मन्दिरको आकृति बनाइ प्रदर्शन गरी यो पर्व मनाएका हुन् ।

काठमाडौं उपत्यकाका विचिन्न नेवारी बस्तीमा पनि नेवार समुदायले नयाँ गेडागुडीबाट विभिन्न देवीदेवता, जात्रा र मन्दिरको आकृति मन्दिर परिसर र विभिन्न टोलमा हर्षोल्लासका साथ यो पर्व मनाएका छन् ।

नयाँ गेडागुडीबाट विभिन्न देवीदेवताको मन्दिर बनाइ मन्दिरअघि र आफ्नो घरअगाडि प्रदर्शन गर्ने प्रचलन रहेको स्थानीयहरु बताउँछन् । यस क्रममा मंगलवार साँझ गहुँ, कालो भटमास, मकै भुटेर बनाइने देवी देवताको मूर्तिको आकृति प्रदर्शन गरिएको थियो ।

गेडागुडीबाट देवीदेवताको आकृतिको कला दिइएको मूर्तिमा मास, पिँडालु, शखरखण्ड, कन्दमुल, फलफूल र विभिन्न प्रकारका रोटीले सजाइएको थियो । यस क्रममा मन्दिर अघि र टोलटोलमा भजनकीर्तन गाएर देवीदेवताप्रति भक्ति र श्रद्धाभाव दर्शाउने चलन रहेको छ ।

नेवार समुदायले भजनकीर्तन सकिएपछि फलफूल र रोटीका परिकारहरु एकै ठाउँमा जम्मा पारी प्रसादका रुपमा ग्रहण गर्ने परम्परा रही आएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४