काठमाडौं । रामेछापको मन्थली नगरपालिकामा भएको नमूना मतदानमा मतपेटिका लुटिएको छ ।सौहार्दपूर्ण ढंगवाट भैरहेको मन्थली नगरपालिका स्थित जिल्ला समन्वय समितिको मैदान मतदान केन्द्रमा भएको नमूना मतदान प्रकृयामा मतपेटिका लुटिएको हो ।
मत खसाल्न आएका एकजना मतदाताले मतपेटिका लिएर मतदान स्थलबाट भागेपछि प्रहरी सँग खोसाखोस परेको थियो ।
मत पेटिका लुट्ने क्रममा मतपेटीकाको वाहिरी कभर भुइमा झर्दा पनि सम्वन्धित निर्वाचन अधिकृतले केहिवेर मतदान रोकेर फेरी मतदान गर्ने प्रयास गरेपछि बिभिन्न पार्टिका एजेन्ट हरुले मतदान स्थगित गरी अर्को मिति तय गर्न माग गरेका थिए ।
मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि मतदानका क्रममा के कस्ता समस्या र चुनौतिहरु आउछन् त्यसलाई समाधान गर्न के गर्नु पर्छ ? यसपटकको मतदान गर्ने तरिका के हो भन्ने वारेमा सन्देश दिने उद्देश्यले नमूना मतदानको कार्यक्रम को आयोजना गरिएको जिल्ला निर्वाचन अधिकारी मधुकर शाहले बताउनु भएको छ ।

प्रमुख जिल्ला अधिकारी शोभाखर रेग्मीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमकी प्रमुख अतिथि समेत रहनुभएकी मुख्य निर्वाचन अधिकृत इन्दिरा शर्माले भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा धेरै मतहरु वदर भएकाले यस निर्वाचनमा मतपत्रहरु वदर नहुन र ४ वटा मत ४ वटा मतपेटिकामा कसरी खसाउने र आबश्यक तयारी कसरी गर्ने भन्ने वारेमा सन्देश दिनु यस कार्यक्रमको प्रमुख उद्देश्य रहेको बताउनुभयो ।
सो अबसरमा वोल्दै प्रमुख जिल्ला अधिकारी शोभाखर रेग्मीले यस पटकको निर्वाचन स्थानीय निर्वाचन भन्दा अलि फरक तरिकाको भएकोले यसमा मतदाताहरुले धेरै ध्यान दिनुपर्ने भन्दै यो सन्देस सबैतिर पुर्याउन अनुरोध गर्नुभयो ।

नमूना मतदान पछि मतदानका क्रममा भए गरेका कमि कमजोरी र यसलाई सुधार गर्नु पर्ने उपायका वारेमा जानकारी गराइएको थियो ।
रामेछापमा यस पटक ९६ मतदान स्थलका २२६ वटा मतदान केन्द्रवाट १ लाख ८३ हजार ३ सय ९ जनाले मतदान गर्दैछन् ।