Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

गीत संगीतमार्फत मतदाता रिझाउँदै उम्मेदवार


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, कार्तिक २१ २०७९
  • 2.4K
    SHARES

काठमाडौं । मतदाता रिझाउन उम्मेदवारले घरदैलोदेखि सभा गरिरहेका छन् ।

अरुबेला चुनाव जितेर नफर्किने नेताहरुले मतदाता खुशी पार्न खेतमा गएर धान काट्ने र भित्र्याउने जस्ता काम पनि गर्न थालेका छन् । त्यतिले मात्र नपुगेर विद्युतीय सामग्री बनाउन दलहरुको प्रतिस्पर्धा छ । सामाजिक सञ्जालमा लेखिएका सामग्रीमा निर्वाचन आयोगले प्रश्न उठाउन थालेपछि दलहरुले चुनावी गीतमार्फत मतदाताको ध्यान तान्ने प्रयास गरिरहेका छन् ।

मूलधारका राजनीतिक दलदेखि स्वतन्त्रसमेत चुनावी गीत बनाउन तम्सिएका छन् । ती दलको चुनावी सभामा भिडियो सहितका गीत गुञ्जिने गरेका छन् । ठूला राजनीतिक दलले आफ्नै दलका शीर्ष नेताको बखानमा गीत बनाएका छन् । देशमा भएका विकासको जस लिन भाषणमा मात्र होइन, गीतमा समेत तँछामछाड देखिन्छ ।

सत्ता गठबन्धनको प्रमुख दल नेपाली काँग्रेसले इतिहासदेखि बर्तमानसम्मको आत्मरतिमा आफूलाई समेटेको छ । भाषणदेखि आसनसम्म अध्यक्ष केपी शर्मा ओलीमय बनाएको एमालेले शहर शहरमा ओली, गाउँ घरमा ओली भन्दै गीतमा पनि लोलीमा बोली मिलाएको छ । त्यतिमात्र नभएर नागरिकता विधेयक लगायत संसदका बहुचर्चित एजेण्डालाई गीतमा घुसाइएको छ ।

माओवादी केन्द्र पनि के कम, उसले पनि अध्यक्ष पुष्पकमल दाहालको भक्तिगानमा भिडियोसहितको गीत बनाएको छ । गीत आद्योपान्त प्रचण्डलाई देवत्वकरणमा सिध्याइएको छ । अघिल्लो पटक मै पनि एमाले, सही पनि एमाले भन्ने गीत गाएका बद्री पंगेनी यसपटक माओवादीको गीतमा रमाएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीको चुनावी गीतमा आम मतदातालाई मतदानको शैली फेर्न आव्हान गरिएको छ ।त्यस्तै सत्ता गठबन्धमा रहेका दलहरुको (बाम लोकतान्त्रिक गठबन्धन) पनि चुनावी गीत सार्वजनिक भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले पनि सबैलाई सम्बोधन गर्दै भ्रष्टाचारी नेताहरु फाल्ने भन्दै चुनावी गीत सार्वजनिक गरेको छ ।
मधेश केन्द्रित जनता समाजवादी पार्टीले पनि मतदाता फकाउन गीतको सहारा लिएको छ ।

गीत, घोषणापत्र नभई जनताले भने काममा विश्वासको आशा गरेका छन् । चुनावी गीतले चुनाव प्रचार अभियानमा निकै सहयोग पुगेको उम्मेदवारहरुको भनाई छ । उम्मेदवारहरु पनि चुनावी प्रचारमा जाँदा जनमत तान्न गीत संगीतको तालमा नाच्ने गरेका छन् । जनताका कुरा भन्दा पनि आफ्ना नेताको गुनगान गरेर बनाइएका गीत संगीत उम्मेदवारहरुको चुनावी प्रचारको सहारा बनेका छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४