Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बाचा पूरा नगरे मलाई गर्ने कारबाहीको व्यहोराको कागज बनाउनुहोला, म ल्याप्चे लगाउँछु : लामिछाने


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, कार्तिक १७ २०७९
  • 3.7K
    SHARES

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवी लामिछानेले आफूले चुनावमा गरेका बाचा पूरा नगरे मतदाताले जस्तो कारबाही गरे पनि भोग्न तयार रहेको बताएका छन् । मतदातालाई कारबाहीको व्यहोराको कागज तयार गरेर राख्न आग्रह गर्दै उनले त्यसमा आफूले ल्याप्चे लाउने बताए ।

आज बाचा पत्र सार्वजनिक गर्दै लामिछानेले भने, ‘हामीले गरेको बाचा पूरा नगरेमा के गर्नुहुन्छ त्यसको ड्राफ्ट तयार गरेर राख्नुहोला र तपाईंलाई के कारबाही गर्न मन छ, त्यसमा लेख्नुहोला, म हस्ताक्षर गरेर आउँछु । तपाईंहरुले त्यसलाई फ्रेममा राखेर राख्नुहोला ।

उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सबै उम्मेदवारलाई मतदातासमक्ष गरेका बाचामा हस्ताक्षर गर्न निर्देशन दिए । हस्ताक्षर नगर्ने उम्मेदवारलाई मत नदिन पनि उनले आह्वान गरे । ‘हाम्रा उम्मेदवार कसैले हस्ताक्षर गर्न मानेनन् भने मत नदिनुहोला,’ उनले भने ।

लामिछानेले जनताका सामान्य भन्दा सामान्य माग र चाहनालाई बाचापत्रमा समेटेको बताए । बाचापत्रमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र मुख्यमन्त्री हुनुपर्ने राष्ट्रिय स्वतन्त्र पार्टीको अवधारणा छ ।

महामन्त्री मुकुल ढकालले यो बाचापत्र जनतामा सर्वाधिकार रहेको बताए । यसमा गरिएका बाचा जसले कपि पेष्ट गरे पनि र सरकारमा पुगेर कार्यान्वयन गरे पनि आफूहरुले धन्यवाद दिने उनले बताए । उनले वैकल्पिक शक्ति राष्ट्रिय स्वतन्त्र पार्टीमात्र हुने जिकीर समेत गरे ।

रुखबाट कागज बन्ने र कागज प्रयोग कम गरे रुख जोगिने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीले डिजिटल माध्यमबाट बाचापत्र सार्वजनिक गरेको छ । बाचापत्रलाई वेबसाइटमा राखिने र क्युआर कोड स्क्यान गरेर पढ्न सकिने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४