Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

देउरालीमा उर्लियो गठबन्धनको जनसागर


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, कार्तिक १६ २०७९
  • 3.9K
    SHARES

काठमाडौं । रामेछाप नगरपालिका वडा नम्बर २ देउरालीमा सत्ता गठवन्धनबाट आमागी मंसिर ४ मा हुने निर्वाचनका लागि घर दैलो गर्दै हिडेको नेपाली काँग्रेस र माओवादी केन्द्रका  उम्मेदवारको पक्षमा जनलहर बढ्दै गएको छ । चुनावी प्रचारका लागि घर दैलो गर्दै मंगलबार रामेछाप नगरपालिका ३ देउरालीमा पुगेको गठवन्धनको टोलीलाई स्थानीय बासिन्दाले भव्य स्वागत गरेका छन् ।

देउरालीमा कार्यकर्ता भेलाका लागि पुगेका नेताहरुलाई समेत आश्चर्य हुने गरी उमेदवारको पक्षमा जनसागर उर्लिएको छ । गाउँको टाढा टाढाबाट आफ्ना उमेदवार संग साक्षात्कार गर्नका लागि देउरालीबासी वडा कार्यालय नजिक भेला भएका थिए । प्रतिसभा सदस्यका उमेदवार नेपाली काँग्रेसका जिल्ला सभापति पूर्णवहादुर तामाङ्ग “कान्छाराम” र प्रदेश सभा सदस्य १(१) का उमेदवार तारानारायण श्रेष्ठ सहितका नेताहरु घर दैलो र कार्यकर्ता भेटघाट गर्दै मंगलबार देउराली पुगेका थिए ।

उनिहरुले देउरालीका नागरिकका आवश्यकता पुरा गर्नका लागि पार्टीको घोषणा पत्र बमोजिमको काम गर्ने वताए । कार्यक्रममा उमेदवारहरुका अतिरीक्त माओवादी केन्द्र र नेपाली काँग्रेसका विभिन्न नेताहरुले धारणा राखेका थिए । उनीहरुले एमालेको सर्वसत्ताबाद चरित्रलाई जरै देखि फाल्न र संविधानको रक्षा गरी नागरिकलाई विकास र सुशासन दिनका लागि नेपाली काँग्रेस र माओवादी केन्द्रका उमेदवारलाई मतदान गर्न आग्रह गरेका थिए ।

यसैविच गठवन्धनका उमेदवारहरुले मंगलबारनै साँघुटार र गोठगाउँमा समेत घरदैलो कार्यक्रम गरेका थिए । सोमबार हिमगंगा पुगेका उमेदवारहरुलाई स्थानीयले त्यस क्षेत्रका समस्या सुनाउदै समस्या समाधानका लागि आमागी निर्वाचनमा गठवन्धनलाई सघाउने आश्वासन दिएका थिए । गठवन्धन संग प्रतिस्पर्धामा रहेको नेकपा एमालेले पनि मंगलबार लिखु तामाकोशी गाउंपालिकाको धोविमा चुनावी सभा गरेको छ ।

गाउंपालिका स्तरिय चुनावी सभामा एमालेका केन्द्रीय सदस्य कमलप्रसाद चौलागाई, प्रतिनिधिसभाका उमेदवार कैलाश प्रसाद ढुंगेल, केन्द्रीय सदस्य माधव ढुंगेल, जिल्ला अध्यक्ष आनन्द श्रेष्ठ र प्रदेश सभा १(१) का उमेदवार शान्तिप्रसाद पौडेलले आ आफ्ना धारणा राखेका थिए । एमालेले धोविमा गरेको चुनावी सभामा पनि कार्यकर्ताको उपस्थिति बाक्लो देखिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४