Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रामेछापको समृद्धिका लागि गठबन्धले जित्नै पर्छ “कुशल”


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, कार्तिक १६ २०७९
  • 2.9K
    SHARES

काठमाडौं । पुर्व गृह राज्य मन्त्री एबं निवर्तमान सांसद श्याम कुमार श्रेष्ठ (कुशल) ले रामेछाको समृद्धिका लागि गठबन्धनले जित्नै पर्ने बताउनुभएको छ । सो कुरा उहाले रामेछाप नगरपालिका वडा नं ३ को देउरालीमा आयोजित चुनावी सभाका अबसरमा बताउनुभएको हो । उहाले पहिले आफु सँग पराजित भएका नेपाली काँग्रेसका उमेद्वार कान्छाराम नेतृत्वको गठबन्धनको टिमलाई जसरी पनि जिताउन आफु लागि परेको बताउनुभयो ।

समय र परिस्थितिले ल्याएको अबस्थालाई स्वीकार गनुृको बिकल्प राजनितिक दलहरुको नभएको भन्दै उहाले गठबन्धनको जित पछि रामेछापको मुहार फेरीने बताउनुभयो । उहाले कान्छाराम तामाङ, तारानारायण श्रेष्ठ र युवराज चौलागाँइको जित भएको खण्डमा मात्र जिल्लाको बिकास निर्माणले गति लिने बतउनुभयो ।

सो कार्यक्रमका अबसरमा बोल्दै प्रतिनिधि सभाका उमेद्वार पूर्णबहादुर तामाङ “कान्छाराम”ले  गठबन्धनको जित सुनिश्चित भैसकेको भन्दै प्रदेश सभा (क) मा तारानारायण र प्रदेश सभा (ख) मा युवराज चौलागाँई सहित आफुले जित्नेमा ढुक्क भएको बताउनुभयो । उहाले काँग्रेसको घोषणा पत्रमा उल्लेख गरिए अनुसार आफुले काम गर्ने भन्दै एमालेको सर्बसत्तावादका बिरुद्ध भएको गठबन्धनलाई जिताउन पनि मतदाताहरुर्ला आग्रह गर्नु भयो ।

आफु कुनै पदमा नभएको बेलामा पनि जिल्लामा धेरै सामाजिक काम गरेको, कोभिडको बेला भएका रामेछापका जुनसुकै बिरामीलाई निशुल्क एम्बुलेन्स सेवा दिएको, लगाएका सामाजिक काम गरिरहेकोले अव सांसद भएर रामेछाप वासीहरुको काम गर्ने बताउनुभयो ।

सो अबसरमा बोल्दै प्रदेश सभा (क) का उमेद्वार तारानारायण श्रेष्ठले आफु यस अघि संबिधान सभाको सदस्य हुँदा संबिधान निर्माणमा मात्र लाग्नु परेकोले बिकास निर्माणका काम खासै केहि गर्न नसकिएको स्वीकार गर्दै अब प्रदेश सांसद भएपछि जिल्लामा धेरै बिकास ल्याउने प्रतिबद्धता गर्नु भएको छ ।

देउरालीमा भएको कार्यक्रममा उमेद्वारहरुको प्रतिवद्धता सुन्नका लागि हजारौंको संख्यामा मानिसहरु जम्मा भएका थिए । कार्यकर्ता भेटघाट तथा घरदैलो अभियान मंगलवार नै साँँघुटार, गोठगाउमा पनि सम्पन्न भएको थियो भने बुधवार सालु र सुनारपानीमा उक्त कार्यक्रम गर्ने कार्यतालिका रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४