Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

गठबन्धनको जित सुनिश्चित –कान्छाराम


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, कार्तिक १५ २०७९
  • 3.2K
    SHARES

काठमाडौँ । लोकतान्त्रिक वाम गठबन्धनका प्रतिनिधि सभा का उमेद्वार पूर्ण बहादुर तामाङ (कान्छाराम) ले रामेछाप जिल्लामा गठबन्धनको जित सुनिश्चित भैसकेको बताउनुभएको छ । सो कुरा उहाले रामेछाप नगरपालिकाको रामपुरमा सोमबार आयोजित चुनावी सभाका अबसरमा बताउनुभएको हो ।

उहाले गठबन्धनको जित सुश्चितका आधारहरुमा बिष्लेषण गर्दै भन्नुभयो–“रामेछापमा गठबन्धनले जित्ने पर्याप्त आधारहरु छन् त्यसमध्ये पहिलो आधार भनेको जिल्लाका ८ वटा स्थानीय तह मध्ये ५ वटा तह गठबन्धनले छ दोस्रो आधार भनेको २०७४ को निर्वाचनमा एमाले र माओवादी मिल्दा पनि काँग्रेसले मैले ३५ हजार ७ सय ७१ मत प्राप्त गरे । तत्कालिन मेरा प्रतिद्धन्दी श्याम कुमार श्रेष्ठले ४२ हजार १ सय १७ मत प्राप्त गरी ६ हजार ३ सय ४६ मतान्तरले मात्र आफु उपबिजेता भएकोले अब आफुले माओवादी र काँग्रेको गरी ६५ हजार भन्दा बढि मत ल्याई एमाले सँग दोब्वरको फरकमा चुनाव जित्ने सुनिश्चित छ । ”

स्थानीय निर्वाचन–२०७९ मा रामेछाप नगरपालिका, लिखु तामाकोशी गाउपालिका र गोकुलगंगा गाँउपालिका नेपाली काँग्रेसले जितेको छ भने सुनापति र दोरम्बा शैलुङ गाँउपालिका माओवादी केन्द्रले जितेको छ । यसका आधारमा पनि गठबन्धन वलियो भएको नेपाली काँग्रेसका जिल्ला सचिब दिपक खड्काले बताउनुभयो । जिल्लाका स्थानीय तह मध्ये ३ वटा गाउँपालिका मात्र एमालेले जितेको थियो ।

त्यस मध्येमा पनि नेकपा एमालेले जितेका गाउँपालिका अन्तर्गत ७ वटा वडा रहेको उमाकुण्ड गाँउपालिकामा उपाध्यक्ष(काँग्रेस) सहित २ वटा वडा (१ काँग्रेस, १ मओवादी) गठबन्धनले जितेको छ । त्यसैगरी ९ वटा वडा रहेको खाँडादेवी गाँपालिकामा पनि २ वटा वडा गठबन्धनले जितेको छ भने मन्थली नगरपालिकामा पनि वडा नं १,४,६,७,१०,१२ काँग्रेस वडा नं ११ माओवादी र वडा नं ५ मा समाजवादि सहित ८ वटा वडा गठबन्धनले जितेकोले पनि यो निर्वाचन गठबन्धनको जित सुनिश्चित जस्तै भएको बिश्लेषकहरुले बताएका छन् ।

गठबन्धनको आँकलन अनुसार गठबन्धनलाई कम मत झर्ने गाउँपालिका भनेको खाँडादेवी गाँउपालिका मात्र हो, अरु बाँकी सबै गाउँपालिकामा पर्याप्त मत गठबन्धनलाई आउने भएकोले पनि गठबन्धनको जित पक्का पक्की भएको बिश्वास गरिएको छ ।

  • यस अघि कस कसले जिते रामेछापबाट निर्वाचन ?

तत्कालिन अबस्थामा क्षेत्र नं १ र २ गरी २ वटा निर्वाचन क्षेत्र रहेको रामेछापमा पञ्चायति ब्यवस्था पछि प्राप्त बहुदलिय ब्यवस्थाको पहिलो २०४८ सालको निर्वाचनमा क्षेत्र नं १ बाट नेपाली काँग्रेसका लक्ष्मण प्रसाद घिमिरे र एमाले र जनमोर्चाको वाम गठबन्धनभई कमल चौलागाँइ बिजयी भएका थिए । त्यस पछि भएको २०५१ सालको मध्यावदी निर्बाचनमा क्षेत्र नं १ बाट नेकपा एमालेका देवशंकर पौडेलले काँग्रेका लक्ष्मण घिमिरे लाई ११ मतान्तरले पराजित गरेर आफु बिजयी भएका थिए भने क्षेत्र नं २ बाट नेपाली काँग्रेसका पद्म शंकर अधिकारी निर्वाचित भएका थिए ।

त्यसैगरी २०५६ सालको निर्वचनमा क्षेत्र नं १ बाट नेपाली काँग्रेसका रामहरी ढुंगेल र नेकपा एमालेका कमल प्रकाश सुनुवार बिजयी भएका थिए । त्यस पछि जन युद्धका कारण लामो समय सम्म हुन नसकेको निर्वाचन संविधान संसोधन गर्ने सर्त सहित भएको शान्ति सम्झौता पछिको २०६४ को निर्वाचनमा क्षेत्र नं १ र २ बाट तत्कालिन नेकपा माओवादीका क्रमश तारानारायण श्रेष्ठ र डिल्लीमान तामाङले निर्वाचन जितेका थिए ।

५ वर्ष सम्म पनि संविधान सभाले नयाँ संविधान दिन नसकेपछि २०७० सालमा पुनःदोस्रो संविधान सभाको निर्वाचन भयो । सो समयमा भएकोे निर्वाचनमा क्षेत्र नं १ बाट नेकपा एमालेका कमल प्रकश सुनुवार र क्षेत्र नं २ बाट एकिृकत माओवादी केन्द्रका श्याम कुमार श्रेष्ठ विजयी भएका थिए । त्यस पछि भएको संघिय संरचना अनुसार रामेछापलाई प्रतिनिधि सभाको १ र प्रदेश सभाको २ क्षेत्रमा बिभाजन गरियो ।

सोहि अनुसार २०७४ सालमा भएको प्रतिनिधि सभा र प्रदेश सभाका सदस्यको निर्वाचनमा नेकपा एमाले र मओवादी केन्द्रले संयुक्त वामगठबन्धन गरी प्रतिनिधि सभामा माओवादी केन्द्रका श्याम कुमार श्रेष्ठले काँग्रेसका उमेद्वार पूर्णबहादुर तामाङ “कान्छाराम”लाई ६ हजारको मतान्तरले पराजित गरी आफु बिजयी भए भने प्रदेश सभा (क) मा शान्ति प्रसाद पौडेल र (ख) मा कैलाश प्रसाद ढुंगेल विजयी भएका थिए । यि इतिहासकाका आधारमा पनि गठबन्धनले चुनाव जीत्ने पक्का पक्की भएको नेपाली काँग्रेसका निवर्तमान पार्टि सभापति लवश्री न्यौपानेले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४