Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सन्दीप लामिछानेबिरुद्ध अभियोजन पत्र दर्ता गरिने


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, कार्तिक १४ २०७९
  • 5.2K
    SHARES

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने विरुद्ध आज सोमबार काठमाडौं जिल्ला अदालतमा अभियोजन पत्र दायर गरिने भएको छ ।

नाबालिग बलात्कारको आरोप लागेका लामिछानेलाई जिल्ला सरकारी वकिलको कार्यालयले प्रहरी वृत्त गौशालाको अनुसन्धान प्रतिवेदनका आधारमा अभियोजनपत्र दायर गर्न लागेको हो ।

१० देखि १२ वर्षसम्म कैद सजाय माग गर्दै अभियोजन पत्र दायर गरिने काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिनुभयो ।

मुलुकी अपराध संहिता, २०७४ मा १८ वर्षभन्दा कम उमेरको करणी मुद्दामा परिस्थिति हेरेर १० देखि १२ वर्षसम्मको कैद हुने व्यवस्था छ । यसबाहेक पीडितलाई उचित क्षतिपूर्तिको माग पनि गरिने भएको छ ।

अभियोजनपत्र दायर पछि अदालतमा सन्दीपको बयान र थुनछेक बहस हुनेछ । त्यसपछि अदालतले उनलाई तारेखमा छाड्ने वा पुर्पक्षका लागि जेल पठाउने भन्नेबारे आदेश दिनेछ ।

एक किशोरीले सन्दीप विरुद्ध गत भदौ २१ गते प्रहरी वृत्त गौशालामा आफूमाथि बलात्कार भएको जाहेरी दिएकी थिइन् । स्वदेश फर्किने क्रममा गत असोज २० गते उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४